प्रकाशित : २२ माघ २०७४, सोमबार ०७:२२

विराटनगर, माघ २२ । order Kamagra Flavored online cheap, acquire zithromax. प्रदेश नम्बर १ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । बैठक डेढ घण्टा चल्ने भएको छ । ७४ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा सोमबार अपरान्ह १ बजेबाट अधिवेशन शुरु हुने छ ।

प्रदेशसभाको सभामुखको निर्वाचन भने माघ २९ गते गर्ने सहमति भएको छ । यसैगरी उपसभामुखको निर्वाचन फागुन ३ गते गर्ने निर्णय भएको संघीय संसद् सचिवालयका उपसचिव सहजीत राईले जानकारी दिए ।

प्रदेशसभाको पहिलो बैठकलगायतको विषयमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय समझदारी अनुसार प्रदेशसभा बैठकको कार्यसूची, अन्तरिम कार्यविधि र सभामुख र उप–सभामुखको निर्वाचनको मिति तोक्ने निर्णय भएको उपसचिव राईले जानकारी दिनुभयो ।

बैठकले सभामुखको उम्मेदवारी दर्ता माघ २८ गते र उपसभामुखको उम्मेदवारी दर्ता फागुन २ गते गर्ने निर्णयसमेत गरेको छ । यसैगरी सभामुखलाई सहयोग गर्नका लागि पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गर्ने निर्णय भएको छ ।

अध्यक्ष मण्डलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एक जना रहने छन् । हरेक सदस्यलाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । प्रदेश सभामा सहभागी हुन १४ जिल्लाका सांसद विराटनगर आउने क्रम जारी छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३