प्रकाशित : २२ माघ २०७४, सोमबार ०७:१४


Silvitra tab without prescription, Zoloft reviews. विराटनगर, २२ माघ । सामुदायिक विकास प्रयास नेपालको अध्यक्षमा देवीप्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । २६ औं बार्षिक साधारणसभाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
प्रयास नेपालको उपाध्यक्षमा भारतीय तिमसिना , सचिवमा कुवेर कार्की र कोषाध्यक्षमा कल्पना चौधरी निर्वाचित हुनु भएको हो । सदस्यहरुमा देवी अधिकारी, भाग्यनारायण चौधरी र सुभेष पाल रहनु भएको छ । साधारणसभाको उद्घाटन जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले गर्नु भएको थियो ।
साधारणसभामा जिल्ला समन्वय समिति मोरङका प्रमुख पोखरेल, महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख दुर्गा भण्डारी बराल, गैरसरकारी महासंघ नेपालका केन्द्रिय सदस्य उमेश विश्वकर्मा, इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापा, प्रयास नेपालका निवर्तमान अध्यक्ष त्रिलोक नेउपाने लगायतले बोल्नु भएको थियो ।
यसैवीच साधारणसभाको अवसरमा प्रयास नेपालका संस्थापक अध्यक्ष डा.भेषप्रसाद धमला, पुर्व उपाध्यक्ष प्रा.डा.रमेशप्रसाद दाहाल, पुर्व सदस्य देवी अधिकारी, प्लान इन्टरनेशनल विराटनगर र एक्सन एड विराटनगरलाई सम्मान गरिएको छ । बार्षिक साधारणसभाका अवसरमा प्रयास नेपालले २५ वर्षे स्मारिका पनि लोकार्पण गरिएको थियो ।cialis