प्रकाशित : २२ माघ २०७४, सोमबार ०७:०७

buy Vigora online, clomid online. विराटनगर, २१ माघ । प्रेस चौतारी मोरङले स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको कृष्णप्रसाद सिग्देल यूवा पुरस्कार पत्रकार कमल रिमाललाई प्रदान गरेको छ ।

उद्घोष दैनिकमा आबद्ध पत्रकार रिमाललाई पुर्व सूचना तथा सञ्चारमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य शेरधन राईले पुरस्कृत गर्नु भएको थियो । पत्रकार रिमाललाई नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । विराटनगरका युवा व्यवसायी कृष्णप्रसाद सिग्देलको स्मृतीमा उनका परिवारले प्रेस चौतारी मोरङद्धारा वितरण गर्ने गरि सो पुरस्कार स्थापना गरिएको हो ।

पुरस्कार वितरण समारोहमा पुर्व सञ्चारमन्त्री राई, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, एमाले मोरंगका अध्यक्ष विनोद ढकाल, पुरस्कार छनौट समितिका संयोजक यज्ञ शर्मा, प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, मिलन के राउत र शान्ति दाहाल पुरस्कृत भईसक्नु भएको छ ।cialis jelly

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३