प्रकाशित : २० माघ २०७४, शनिबार २२:१९

विराटनगर, २१ माघ । buy Tadacip online, dapoxetine without prescription. नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा यूवराज खतिवडाले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु राज्य र कानून भन्दा माथि नभएको बताउनु भएको छ ।

आज विराटनगरमा सप्तकोशी बिकास बैंकले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।

पूर्व गभर्नर खतिवडाले भन्नुभयोे–‘सबै बैंक तथा वित्तीय संस्थाहरुले राज्यको नीति र राष्ट्र बैंकको निर्देशन अनुसार चल्नपर्छ, त्यसरी नचल्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’ बैंक तथा वित्तीय संस्थाहरु स्थापना हु्ँदा जुन क्षेत्रमा सेवा गर्ने भनेको त्यही क्षेत्राम गएर सेवा गर्नुपर्ने बताउँदै ३० बर्ष अगाडि नै नेपाल बैंकले शाखा स्थापना गरेको ठाउँमा अहिले बाणिज्य बैंकहरुलाई शाखा खोल्न के समस्या छ ? पूर्व गभर्नर खतिवडाले प्रश्न गर्नुभयोे ।

बैंक तथा वित्तीय संस्थाहरुले ग्रामिण क्षेत्रमा शाखा नखोल्दा धेरै खाले समस्या आएको जानकारी गराउँदै अहिले स्थानीय निकायहरुले आफ्नो नाममा खाता खोलेर कारोबार गर्न समेत समस्या भएको बताउनुभयो । त्यसैले आगमी बजेट भन्दा अगाडि नै सबै बैक तथा बित्तीय संस्थाहरुलाई ग्रामिण क्षेत्रमा गएर शाखा खोलेर कारोवार गराउन राष्ट्र बैंकले तदरुकता देखाउनुपर्ने उहाँको सुझाव छ ।

एकातिर बृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाका कार्यक्रम ल्याएर सरकार राज्यको स्रोत साधनलाई गाउँमा पुर्याउन चाहन्छ तर बैंक तथा वित्तीय संस्थाहरु भने शहर केन्द्रित भएर रेमिट्यान्सको पैसा समेत शहरमै केन्द्रित गरिरहेका छन्, यसले राजय र संबिधानले लिएको मार्ग निर्देशनलाई असफल बनाउने काम गरिरहेको छ– खतिवडाले भन्नुभयोे ।

राज्यले बाढेको पैसा गाउँसम्म पुग्ने भने ग्रामिण क्षत्रेमा पू्ँजी बृद्धि हुन नसक्ने र पुँजी बृद्धि नभएसम्म ग्रामिण क्षेत्रमा समृद्धि आउन सक्तैन त्यसैले अब बन्ने प्रदेश सरकारहरुले सरकारको पैसालाई गाउँसम्म पुर्याउने गरी वित्तीय संस्थाहरुको परिचालन गनुुपर्ने उहाँको सुझाव छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३