प्रकाशित : २० माघ २०७४, शनिबार ०६:००

विराटनगर, २० माघ । Cialis Black buy online, lioresal online. नेपालमा लायन्सको जन्मथलो विराटनगरमा तेस्रो लायन्स मल्टिपल फेस्टिवल हुने भएको छ । डिस्ट्रिक ३२५ ए वानले आगामी फागुन ५ गते फेस्टिवल आयोजना गर्ने भएको हो ।

आयोजकले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै फेस्टिवलका लागि तयारी थालिएको जानकारी दिएको छ । सम्पूर्ण लायन्स परिवार एउटै थलोमा जम्मा भई एक दिने कार्यक्रम आयोजना गरिने र त्यसले भाईचारा अभिबृद्धि भई व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ नेपालका मल्टिपल काउन्सील चेयर पर्सन बालकृष्ण बुर्लाकोटीले जानकारी दिनुभयो ।

लायन्स क्लवले विभिन्न खालका सेवा, कार्यक्रम तथा व्यक्तित्व विकास र उत्प्रेरण एवं आपसी सद्भाव बृद्धिका साथै आत्मिय भाईचारा, अनुभव साटासाट गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मल्टीपल काउन्सील चेयरपर्सन बुर्लाकोटीको भनाई छ । सन् २०१७/०१८ लाई सेवा वर्षका रुपमा मनाइरहेका बेला आयोजना गरिएको फेस्टिवललाई महत्वपूर्ण रुपमा लिइएको लायन्स क्लव अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए वानका गर्भनर लीला ढुंगेलले बताउनुभयो । उहाँका अनुसार सन् २०१५/०१६ देखि लायन्सका चारवटा डिस्ट्रिकले पालैपालो मल्टिपल फेस्टिवल आयोजना गर्दै आइरहेका छन् ।

पहिलो मल्टिपल फेस्टिवल चितवनको सौराहामा डिस्ट्रिक ३२५ वी टुले र दोस्रो पोखरामा डिस्ट्रिक ३२५ वी वानले आयोजना गरेका थिए । कार्यक्रम अन्तर्गत अन्तर डिस्ट्रिक फुटबल, व्याडमिन्टन, टेवल टेनिस, चेस, भलिवल, रस्सी तान्ने लगायतका खेलहरु संचालन हुने गर्भनर ढुंगेलले बताउनुभयो । त्यस्तै क्वीज, बक्तृत्वकला पनि गरिने छ ।

ढुँगेलले विजनेस सेमिनार, स्वेच्छिक स्टल, लायन्स फेलोसिप, सांस्कृतिक कार्यक्रम पनि गरिने बताउनु भयो । कार्यक्रम स्थलमा खानाको स्टल पनि रहने छन् ।dapoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३