Breaking News

आज विश्व सिमसार दिवस, दीगो शहरी भविष्यका लागि सिमसार

रामचन्द्र अधिकारी प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ०७:४६

Kamagra Gold without prescription, Zoloft reviews. रामचन्द्र अधिकारी
यतिबेला काठमाण्डौको रानीपोखरीको चर्चा निकै चलेको छ । महानगर भन्ने– नयाँ ढंगले पुनः निर्माण गरी पार्क निर्माण गरी पर्यटन उद्योग चलाउने र आयश्रोत वृद्धि गर्ने । केही कलाप्रेमी एवम् पुरातात्विक विचार बोकेका सरकारी र गैह्र सरकारी संस्था यसो गर्न हुन्न, पुरानै स्थितिमा रहन दिनुपर्छ भन्ने । यस्तो द्वन्दले पोखरीको न नयाँ स्वरुप बन्ने भो न पुरानै रुप रहने भो । किनभने केही अंश भत्काउन सुरु गरिएको थियो ।

नेपालको मुख्य शहर काठमाण्डौको रानीपोखरीको चर्चा उठेका बेला,शहरीकरणले र आधुनिकताले सिमसारलाई मिचेका बेला विश्व सिमसार दिवस आइपुग्यो । रामसार कन्भेन्सनले संयोगबस यस वर्ष यो दिवसले नारा पनि यस्तै सम्बन्धको राखेको छ । नाराले भन्छ– शहरहरुको सुखद भविष्यका लागि सिमसार जरुरी छ । शहरी क्षेत्रमा सिमसार जोगाउनुपर्छ भन्ने यस वर्षको सिमसार दिवसको नाराको आशय रहेको छ– दीगो शहरी भविष्यका लागि सिमसार ।

वर्षभरि नै पानी नसुक्ने र छ मिटरभन्दा कम पानी जमेको जमिन र त्यसको आसपासको ओसिलो जमिनलाई सिमसार भनिन्छ । यस अर्थमा खोलानाला,पोखरी,होली,धानखेतलगायत ओसिला जग्गाहरु सिमसार हुन् । नेपालमा कुल भूभागको करिब पाँच प्रतिशत सिमसारले लिएको छ । संसारमा भने करिब छ प्रतिशत जमिनमा सिमसार छ । सिमसार जैविक विविधताको भण्डार हो, यसले वायुप्रदूषणलाई न्यूनिकरण गर्दछ, बाढीलाई नियन्त्रण गर्दछ,वर्षाको भेललाई सोसन गर्दछ, भूमिगत पानीलाई छानेर स्वच्छ बनाउँछ,मानिसलाई जलविहारको लागि स्थान प्रदान गर्दछ र मनोरञ्जन दिन्छ अनि पर्यटन उद्योगलाई वृद्धि गरिदिन्छ । त्यसैले सिमसार महत्वपूर्ण छ ।

सिमसारलाई संरक्षण गर्नुपर्छ भन्ने हेतुले सन् १९७१ मा इरानको रामसार भन्ने ठाउँमा विश्वका धेरैजसो देशहरुको सहभागितामा सम्मेलन भयो र एउटा घोषणापत्र जारी भयो जसलाई रामसार सम्मेलन र रामसार घोषणा भनिन्छ । रामसार समिति पनि बन्यो । अनि,यसले विश्वका महत्वपूर्ण सिमसारलाई पहिचान गरी एउटा सूची तयार गर्ने निर्णय गर्यो । त्यस सूचीमा अहिले विश्वका दुई हजारभन्दा बढी सिमसारहरु सूचीकृत भइसकेका छन् । नेपालका दश वटा सिमसार त्यसमा परेका छन् । सूचीमा परेका सिमसारलाई रामसार साइट भनिन्छ ।
बढ्दो शहरीकरणले गर्दा शहरीक्षेत्रका सिमसार क्रमशः मासिँदै गइरहेका छन् । शहरीकरणको सुरुतिर जो प्राकृतिक त छँदैथिए कृत्रिम सिमसार पनि बनिएका थिए । निर्माणका निम्ति ईँटा बनाउने प्रयोजनमा माटो झिक्दा बनेका पोखरीले शहरमा असल सिमसारको भूमिका निर्वाह गरिरहेका थिए । माथि उल्लेखित सम्पूर्ण कार्यहरु थोरबहुत् गरि नै रहेका थिए । तर आजकाल उनै शहरको तिब्र वृद्धि हुनआयो ।

जताततै घरहरु बनिरहेका छन् । ती पहिला बनिएका पोखरीहरु पुरिएका पुरियै छन् । शहरको स्वरुप त बिग्रियो नै वातावरण झन् खराब बन्दै गयो । शहरमा वर्षाको पानी अडिने भरिने ठाउँ भएन र जताततै बाटामा पोखियो र शहरिया बाढीले जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । यस्तो समस्या नेपालको मात्र नभई विश्वसंसारकै हो । त्यसैले रामसार समितिले सिमसारबिना शहरको भविष्य अन्यौलपूर्ण र अस्वास्थ्य हुने अनुमान लगाई यसपाली शहरमा सिमसार जोगाउने चेतना फैलाउन यस्तो सन्देशमूलक नारा बनायो ।

संसारको आधा जनसंख्या अर्थात् चार अर्ब मानिस शहरमा बस्छन् । स्वास्थ्य,शिक्षाको सुविधा,रोजगारीको संभावना र सुखी जीवनको अनुभूत गर्न मानिस गाउँ छोडी शहरतिर बसाईँ सरी आउने गरेका छन् । यो क्रम गुणोत्तर रुपमा बढिरहेको छ । यस्तो क्रम सन् २०५० सम्म नै रहने अनुमान गरिएको छ । सन् २०३० सम्ममा विश्वको जनसंख्या निकै हौसिएर जानेछ र करिब दश अर्ब मानिस मेघा सिटीका बासिन्दा हुनेछन् । साथै मेघा सिटीको संख्या ३१ देखि ४१ सम्म पुग्ने अनुमान लगाइएको छ ।

हरेक वर्ष फेब्रुअरी दुई तारिखमा विश्व सिमसार दिवस मनाइन्छ । यसवर्षको सिमसार दिवसका लागि रामसार कन्भेन्सनकी महासचिव मार्था रोजासले विज्ञप्तिमार्फत सन्देश पनि दिइसक्नुभएको छ । उहाँले भन्नुभएको छ कि शहरलाई जीवन्त राख्नलाई शहरमै र आसपासमा सिमसार रहन आवश्यक छ । यस्ता सिमसारले शहरको वायुप्रदूषण कम गर्ने र शहरलाई हरियाली बनाउन मद्दत गर्ने काम गर्छन् । सिमसारले शहरिया बाढीलाई पनि न्यूनिकरण गर्छ र पानीको स्वच्छता कायम राख्छ ।

त्यतिमात्र होइन उहाँले अगाडि भन्नुभएको छ–सिमसारले शहरमा हरिया धब्बाहरु निर्माण गरिदिनुका साथै मनोरमता पनि प्रदान गर्दछ । सिमसारमा उम्रिने झारले पानीमा भएका हानीकारक र गह्रँौ रसायनहरुलाई सोसेर लिइदिन्छ ।

कतिपय मानिसहरुले सिमसारलाई बेकामेजमिन भनेर हेयको भावनाले भन्ने गरको पाइएको छ तर वास्तवमा यी बेकामेजमिन होइनन् बरु प्रकृतिका अमूल्य उपहार हुन् ।

नेपालको सन्दर्भमा पनि सिमसारलाई शहरीकरणले ख्वाप्पै निल्न लागेको अवस्था छ । विराटनगरभित्र मात्र हेर्ने हो भने यहाँका दर्जनभन्दा बढी पोखरीहरुमा ठोस फोहोरमैला र माटो भरेर जमिन बनाई आवाससमेत बसाइसकिएको छ । सिमसारको अस्तित्व निमिट्यान्न पारिएको छ । पूर्वका अन्य शहरहरुको स्थिति पनि योभन्दा भिन्न छैन । पूर्वपश्चिम राजमार्गमा पर्ने शहरहरुलाई चिरेर बग्ने साना तर सदाबहार नदीहरुलाई शहर बसाल्न लागी परेका व्यवसायीले खुम्च्याएर राखेका छन् अनि त्यस्ता ठाउँमा घर बनाई बसेर शहरीया बनेका मानिसहरुले तिनीहरुलाई दुषित बनाइदिएका छन् ।

त्यसैले यसपालिको नारा सबैभन्दा पहिला स्थानीय तहका पदाधिकारी वा जनप्रतिनिधिले बुझ्न जरुरी छ । उनीहरुले बुझेर नीति बनाई कार्यान्वयनमा लैजानु हो भने सिमसारको पनि संरक्षण हुन्छ र शहरको भविष्य पनि सिमसार जस्तै समृद्ध हुन्छ ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३