प्रकाशित : १९ माघ २०७४, शुक्रबार ०७:३६

Tadalis SX no rx, buy dapoxetine. महेन्द्र विष्ट
विराटनगर, १९ माघ । फागुनको पहिलो साता भित्रमा गठन हुने प्रदेश सरकारको मुख्य मन्त्री र मन्त्रिपरिषद कार्यालयका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन रङ्गरोगन र मर्मत सम्भारको काम द्रुत गतिमा भईरहेको छ । उक्त भवनको बिचको तलामा मुख्यमन्त्री, सचिव र अन्य दुई सहसचिवको कार्यकक्ष रहने गरी मर्मतको कार्य भईरहेको शहरी तथा भवन डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश मुख्यमन्त्रीकै कार्यालय रहने भएपछि भवनको पुराना केही संरचनाहरु समेत भत्काएर नयाँ ढङ्गले बनाउने काम भईरहेको छ । जसमा भवनको बिच तलामा रहेको क्षेत्रीय कृषि निर्देशको कार्यकक्षमा मुख्य मन्त्रीको कार्यकक्ष रहने छ ।

त्यस्तै सोही कार्यकक्षसँग जोडिको सानो गोप्य कोठा र पुरानो बाथरुम बीचको वाल भत्काएर मुख्यमन्त्रीको कार्यकक्षका लागि नयाँ ठूलो बाथरुम बनाईदै छ ।
क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र उप्रेतिले प्रयोग गर्दै आएको कोठालाई मर्मत गरेर मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको कार्यकक्ष बनाउन तयारी भइरहेको छ ।

जसमा सोही कोठामा एट्याज स्टोर रुमलाई मर्मत गरेर सो कार्यकक्षका लागि एट्याज बाथरुम बनाइने भएको छ । त्यस बाहेक उक्त भवनको सो तलामा अरु थप दुई सहसचिवको कार्यकक्षहरु रहेनछन् । भवनको माथिल्लो तलामा हल रहेकाले पछि पनि उक्त हललाई सोही रुपमा प्रयोगमा ल्याउने गरी मर्मत भईरहेको छ ।
उक्त भवनमा प्रदेश मुख्य मन्त्रीकै कार्यालय बस्ने भएपछि क्षेत्रीय कृषि निर्देशनालयको कार्यालय भने खुम्चिएर तल्लो तलामा पुगेको छ । भवनको तल्लो तलाको उत्तर तर्फ अहिले क्षेत्रीय कृषि निर्देशनालय र दक्षिण तर्फ व्यवसायिक कृषि तथा व्यापार आयोजनाको कार्यालय रहेको छ । एउटै भवनमा धेरै कार्यालयहरुको व्यवस्थापन गर्नुपर्ने भएपछि कोठा अभाव भएको छ ।

जसका कारण विगतमा कार्यालयलले गोदामको रुपमा प्रयोग गर्दै आएका कोठाहरु पनि कार्याकक्षका लागि प्रयोगमा ल्याइएको छ । उता गोदाममा राखिएका पुराना फाईल र पुस्तकहरु भने डढाएर नस्ट गरिएको कार्यालयका एक कर्मचारीले बताए ।

अहिले प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने भनिएको उक्त भवन कुनै बेला एशियाली बिकास बैंकको सहयोगमा निर्माण गरिएको हो । उक्त बैंकको सहयोगमा पूर्वी नेपालमा सञ्चालित पहाडी फलफुल विकास परियोजनको कार्यालयका लागि २०५० सालमा सो भवन निर्माण गरिएको थियो । पछि उक्त परियोजना समाप्त भएपछि सो भवन क्षेत्रीय कृषि निर्देशनालयलाई हस्तान्तरण गरिएको हो ।

दातृ निकायको सहयोगमा निर्माण गरिएकाले उक्त भवनको संरचना निकै मजबुत रहेको कर्मचारीहरु बताउँछन् । जति बलियो संरचना बनायो उति धेरै लगानी लाग्ने र जति धेरै लगानी लाग्यो प्राविधिकहरुलाई उतिनै बढी कमिसन आउने भएकाले पनि भवनको संरचना निकै बलियो बनाइएको अनुभवीहरु बताउँछन् ।

भवनको पश्चिम पट्टि भने मुख्य मन्त्रीको निवास राखिने भएको छ । पश्चिम पट्टी रहेका भवनका संरचनाहरुको सोही अनुसार मर्मत र निर्माणको कार्य गरिदैछ । त्यस बाहेक उक्त भवनको अगाडिको भागमा बँगैचा र पार्किङ निर्माण गर्ने जनाइएको छ ।

क्षेत्रीय कृषि निर्देशनालयका भवन बाहेक अन्य दश वटा कार्यालयका भवनहरुमा नयाँ मन्त्रालय र प्रदेश प्रमुखको कार्यालय राख्ने गरि मर्मत संभारको कार्य भईरहेको शहरी विकास तथा डिभिजन कार्यालयका प्रमुख श्यामकिशोर सिंहले बताउनुभयो ।

क्षेत्रीय वन र तालिम केन्द्र, जलउत्पन्न तथा नियन्त्रणको कार्यालय, क्षेत्रीय हुलाक निर्देशनालय, साना तथा घरेलु उद्योगको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालय, क्षेत्रीय पशु निर्देशनालय, क्षेत्रीय सिंचाई निर्देशनालय, सुनसरी मोरङ्ग सिचाई आयोजना, जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थयको कार्यालय रहेका छन् ।

जसमध्ये जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश सभा, संसद सचिवालय, सभामुख र उप सभामुखको कार्यालय रहने छ भने क्षेत्रीय पशु निर्देशनालयमा प्रदेश प्रमुखको कार्यालय राखिएको छ ।

अन्य कार्यालयहरुमा कुन कुन मन्त्रलयहरु रहने भन्ने कुराको निश्चित भइसकेको छैन । तर मन्त्रालयको आकार, कर्मचारीको सख्या र भवनको अवस्थाको आधारमा कुन भवनमा कुन मन्त्रालय रहने भन्ने कुराको निश्चित हुने शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सिंह बताउनुुहुन्छ ।

प्रदेश कार्यालयका लागि भवनको मर्मत संभार र सुधारका लागि सात करोड ५० लाख रुपैया निकास भएको सिंहले जानकारी दिनुभयो । भवनको मर्मत लागि पाँच करोड, अन्य मर्मत सुधारका लागि एक करोड, फर्निचर र फर्निसिङका लागि एक करोड तथा मेसनरी सामाग्री खरिद गर्न ५० लाख रुपैया आएको छ ।viagra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३