प्रकाशित : १६ माघ २०७४, मंगलवार १८:३९

विराटनगर, १६ माघ । Silfar online, purchase Zoloft. हिसान मोरङको आयोजनामा सम्पन्न ८ औं हिसान स्पोर्टस् मिटको फुटबलमा ग्रिनल्याण्डले उपाधि जितेको छ । पुरुष भलिबलमा मोर्डन एरा र महिला भलिबलमा पथरीशनिश्चरेमा रहेको रेडस्टारले उपाधि जिते ।

सहिद रङगशालमा भएको फुटबलको फाइनलमा विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजले मेरील्याण्डलाई टाईब्रेकमार ५–४ गोल अन्तरले पराजित गरी उपाधि जित्न सफल भयो । निकै रोमान्चक भएको खेलको निर्धारीत समयसम्म २÷२ गोलको बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरबाट भएको थियो ।

कोशी क्याम्पसमा भएको पुरुष भलिबलको उपाधि मोर्डन एरालाई र महिला भलिबलको उपाधि पथरीशश्चिरेमा रहेको रेडस्टारले जितेको छ । पुरुषतर्फ कान्तिपुर कलेजलाई २५–२१, २५–१९ र २५–८ को सोझो सेटले पराजित गरी मोर्डन एराले उपाधि जित्यो ।

महिलातर्फ भएको भलिबलमा रेडस्टारले अरनिको कलेजलाई २५–२०, २५–८ र २५–१३ को सोझो सेटले पराजित गरी रेडस्टारले भलिबको उपाधि जितेको हो । यसअघि सम्पन्न भएको क्रिकेटतर्फको उपाधि विराटनगरमा रहेको कान्तिपुर कलेजले जितेको थियो । त्यस्तै बास्केटबलको उपाधि भानु कलेजले, टेवलटेनिस छात्र टिम इभेन्टमा कान्तिपुरले, टिम भइेन्ट छात्रातर्फ शिक्षादीपले उपाधि जितेको थियो ।

त्यसैगरी सिङगल छात्रतर्फ मेरील्याण्डका राहुल साहले कान्तिपुरका शुभम श्रेष्ठलाई ३–१ को सेटले पराजित गरी मेरील्याण्डका राहुल प्रथम र छात्रातर्फ कान्तिपुरकी अन्जली मण्डलले मेरील्याण्डकी अंकिता उदासलाई ३–२ को सेटले पराजित गरी कान्तिपुरकी अन्जली प्रथम भएकी थिइन् ।

९ माघदेखि विराटनगरमा सुरु भएको प्रतियोगितमा जिल्लाभरीको हिसानमा आवद्ध भएका २३ वटा कलेजका १ हजार ६ सय जना विद्यार्थी सहभागि थिए ।lady era

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३