Breaking News

प्रदेश नं १ बाट ६ जना निर्विरोध निर्वाचित

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार १८:००

विराटनगर, १५ माघ । acquire tadalafil, Zoloft withoutprescription. आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं १ मा अल्पसंख्यक र दलितको सिटका लागि मात्र निर्वाचन हुने भएको छ ।

एमालेका तर्फबाट खुल्ला सदस्यमा उम्मेदवारी दिनु भएका खड्गबहादुर वस्नेतले उम्मेदवारी फिर्ता लिएपछि खुल्ला तर्फका ३ वटै सिटमा निर्विरोध भएको छ । खुल्ला तर्फबाट एमालेका हरिचरण सिवाकोटी, पर्शुराम मेघि गुरुङ र नेपाली काँग्रेसका रमेशजंग रायमाझी निर्विरोध निर्वाचित हुनु भएको छ । यसअघि महिलाको तीनवटै सिटमा निर्विरोध भईसकेका छन् ।

माघ १० गते मनोनयन दर्ताका दिन महिलाको तीनवटा सिटमा नेपाली काँग्रेसकी सरिता प्रसाई, एमालेकी नैनकला ओझा र माओवादी केन्द्रकी बीना पोखरेलको मात्र उम्मेदवारी परेको थियो ।

उम्मेदवारको आज अन्तिम नामावाली प्रकाशन सँगै प्रदेश नं. १ बाट ६ जना निर्वारोध घोषणा गरिएको सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार अव अल्पसंख्यक र दलितको १/१ सिटका लागि मात्र मतदान हुने छ । अल्संख्यकमा एमालेका अगमप्रसाद वान्तवा र नेपाली काँग्रेसका महेश जाजु तथा दलितमा एमालेका खेम नेपाली र नेपाली काँग्रेसका बिन विश्कर्मावीच प्रतिष्पर्धा हुने भएको छ ।

अल्पसंख्यकमा उम्मेदवारी दिनु भएकी अनुपमादेवी शाहले हिजै उम्मेदवारी फिर्ता लिनु भएको थियो । दुईवटै सिटमा बहुमतिय प्रक्रियाबाट निर्वाचन हुने छ ।avana

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३