प्रकाशित : १४ माघ २०७४, आईतवार १७:३३


विराटनगर, १४ माघ । प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा एमालेका तीन जना नेताले दावी प्रस्तुत गरेका छन् । तीनै जना नेताहरुले पत्रकार सम्मेलन मार्फत आफ्नो दावी प्रस्तुत गरेका हुन ।
एमाले सचिव भीम आचार्यले हिजो काठमाण्डौं पत्रकार सम्मेलन गरि प्रदेश नं.१ को मुख्य मन्त्रीमा आफु रहेको दावी प्रस्तुत गर्नु भएको थियो । आचार्यको दावी लगत्तै आज विहान पोलिटव्युरो सदस्य शेरधन राईले विराटनग
buy Sildalis, buy clomid online.
रबाट प्रदेश नं. १ को मुख्यमन्त्रीमा आफ्नो दावी प्रस्तुत गर्नुभयो ।
शेरधन राईले दावी गरेको ६ घण्टा पछि केन्द्रिय सदस्य जीवन घिमिरेले प्रदेशको
मुख्यमन्त्रीमा आफु बलियो भएको दावी गर्नुभयो ।
मोरङ क्षेत्र नम्वर ४ (ख) बाट निर्वाचित हुनु भएका घिमिरेले मुख्यमन्त्रीमा माधव नेपाल पक्षबाट आधिकारिक उम्मेदवार भएको समेत दावी गर्नु भयो । उहाँले भन्नुभयो,‘ प्रदेश नं १ मा नेपाल पक्षको उम्मेदवार मै हुँ ।’ मुख्यमन्त्रीका लागि मतदान भएको खण्डमा आफु विजयी हुने समेत घिमिरेले दावी गर्नुभयो । पार्टीले अवसरको समुचित व्यवस्थापन र वितरण गर्नु पर्ने घिमिरेको भनाई छ ।
मुख्यमन्त्रीको दावीलाई गुट उपगुटसँग दाजेर हेर्न नमिल्ने उहाँको तर्क छ । राजनीतिक पृष्ठभुमीका आधारमा मुख्यमन्त्रीमा दावी गरिरहेका अन्य नेता सरह आफुँ रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ अन्य साथीहरुले योग्यता देखाउने मौका पाउनुभयो, योग्यताबारे जनतालाई पनि थाहा भयो, तर मेरो योग्यताबारे थाहा छैन ।’ आफ्नो योग्यता देखाउने समय आएकाले पनि मुख्यमन्त्रीमा आफु प्रतिष्पर्धा गर्न तयार रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ केन्द्रमा वसेर राजनीति गर्नेहरु प्रदेशमा आउनु आवस्यक नै थिएन ।’ प्रदेशसभा प्रदेशमा रहेर राजनीतिक गर्नेहरुको भएको घिमिरेको तर्क छ । मुख्यमन्त्रीमा दावी गरिरहनु भएका घिमिरेले पार्टीको निर्णय भने सहर्ष स्वीकार गर्ने बताउनुभयो ।
२०४३ सालमा पार्टी सदस्यता लिनु भएका घिमिरेले विद्यार्थी र युवा दुवै संगठनमा रहेर जिम्मेवारी पुरा गर्नु भएको थियो ।cialis