Breaking News

प्राध्यापक गुरुङको राष्ट्रिय गीत

प्रकाशित मिति : १४ माघ २०७४, आईतवार ०६:३५

दमक, १४ माघ । order Female Viagra online cheap, buy zithromax. प्राध्यापक पेशामा रहेर पनि गायनकला भएका जीवन गुरुङले गिती एल्बम समर्पण सार्वजनिक गर्नुभएको छ । गीतको अडियो भर्सन गत वर्ष नै निकाले पनि क्रमशः तिनीहरुलाई मुभीमा प्रस्तुत गर्दै आउनु भएको छ ।

हालसालै समर्पणमा भएको ‘वीरताको कथा लेख्ने हामी नेपाली’ बोलको राष्ट्रिय गीतको भिजुअल भर्सन सार्वजनिक गर्नुभएको हो । देशलाई एकताको सूत्रमा बाँध्नुपर्छ भन्ने आशय लिएको उक्त गीतमा हिमाली, पहाडी, मधेशी सबै नेपाली हौँ भन्ने बुझ्नुपर्छ भनिएको छ ।

बुद्ध,सीता,अरनिकोजस्ता विभूतिहरु देखि लिएर सगरमाथाजस्ता साझा पहिचानलाई उजागर गर्ने भावना गीतले बोकेको छ । सबै जात, धमर्, लिङ्ग, पेशा,क्षेत्र आदिले आ–आफ्नो पहिचानसहित साझा धरोहरलाई एकताको स्तम्भ बनाउनुपर्छ भन्ने सन्देश गीतले दिन्छ ।
झापाको दमकदेखि पाँचथरको सिलौटीसम्मका विभिन्न ठाउँमा छायांकन गरिएको उक्त भिडियोले मनामोहक प्राकृतिक छटालाई समेत समेटेको छ ।

झापा बनियानीमा जन्मिएका गायक गुरुङ लोकदेखि र्याप र अंग्रेजी गीत गाउन पोख्त हुनुहुन्छ । विभिन्न स्थानमा स्टेज प्रोग्राम दिइसक्नुभएका गुरुङ कुशल बाँसुरीबादक हुनुहुन्छ ।

अन्य आधुनिक बाजा बजाउन पनि उहाँ पछि पर्नुहुन्न । गायक प्रमोद खरेलसँग बालककालदखि उच्च शिक्षासम्म सँगै रहनु भएका गुरुङले प्राध्यापन क्षेत्रमा संलग्नता रहेसँगै नेपाली संस्कृति फाँटलाई यथेष्ट योगदान गर्ने इच्छा रहेको बताउनु भयो । उहाँ हाल दमक बहुमुखी क्याम्पसमा जीव विज्ञान विषय शिक्षण गर्नुहुन्छ ।
यसअघि देखि नै गायक गुरुङका ‘आकाशमा जूनजस्तै’ र ‘आइ लभ यू ओ बेबी’ बोलका गीत मुभीसहित चलिरहेका छन् ।pharmacy

प्रकाशित मिति : १४ माघ २०७४, आईतवार ०६:३५

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३