Breaking News

विराटनगर रातोलाई उपाधि

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार १८:५५

buy Silagra, acquire dapoxetine. विराटनगर, १३ माघ । नेपाल मेडिकल तथा सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (एनएमएसआरए) विराटनगरद्वारा आयोजित एनएमएसआरए करपोरेट क्रिकेट प्रतियोगिताको फईनल खेलमा एनएमएसआरए धरानलाई ३३ रनले हराउदै विराटनगर रातोले उपाधि कब्जा गरेको छ ।

प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर रातो टिमले निर्धारित १० ओभरमा २ विकेटको क्षतिमा ९६ रनको स्कोर बनाएको थियो । जसमा विराटनगरका रन्धिर कर्णले अभिजित ५७ रन, राम रिसालले १५ रन र नवराज गौतमले ११ रनको योगदान गरेका थिए । धरानका बलर अभिषेक देव र बसन्त अधिकारीले समान १ विकेट लिएको थिए ।

९७ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको धरानले ३ विकेटको क्षतिमा जम्मा ६३ रन मात्र जोडेका थिए । धरानलाई सस्तैमा समेट्ने क्रममा बिराटनगरका बलर नवराज गैतमले २ विकेट, प्रल्हाद कामत र सुसिल बस्नेतले समान १ विकेट लिएका थिए । फईनल खेलको म्यानअफ द म्याच बिराटनगरका रनधिर कर्ण, प्रतियोगिताको उत्कृष्ट बलर राम रिसाल ब्याट्स म्यान धरानका सुजय सिह र उत्कृष्ट खेलाडि नवरान गौतम भएका छन ।

प्रतियोगितको बिजेताले नगद १५ हजार सहित ट्रफि र उपबिजेताले नगद १० हजार सहित ट्रफि हात पारेका छन । प्रतियोगितको नगद तथा ट्रफि अलाईभ फर्मासिटिकल्सका संचालक सुवर्णभक्त जोशिले प्रदान गर्नु भएको थियो ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३