प्रकाशित : १२ माघ २०७४, शुक्रबार १८:५६

विराटनगर, १२ माघ । Viagra online, generic zithromax. विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा शुक्रबार भएको विभिन्न खेलमा तीन वटा कलेज विजयी भइ फाइनलमा र चार वटा सेमिफाइनलमा प्रवेश गरका छन् ।

हिसान मोरङको आयोजनामा विराटनगरमा भएको बास्केटबलमा विराटनगरमा रहेको भानु, मेरील्याण्ड, क्रिकेटमा शिक्षादीप विजयी भइ फाइनलमा प्रवेश गरे भने फुटबलमा ग्रिनल्याण्ड, मेरील्याण्ड, पुरुष भलिबलमा मोर्डन एरा, कान्तिपुर विजयी भइ सेमिफाइलनमा प्रवेश गरेका हुन् ।

विराटनगरमा रहेको मेरील्याण्ड कलेजको खेल मैदानमा आज भएको बास्केटबलमा भानु कलेज ‘वाक ओभर’ को आधारमा फाइनलमा प्रवेश गरेको छ । लर्डबुद्ध कलेज निर्धारीत समयसम्म खेलमैदानमा नआएपछि आयोजकले ‘वाक ओभर’ को आधारमा भानुलाई विजयी घोषणा गरेको हो ।

जितसँगै भानुले आइतबार हुने फाइनलमा विराटनगरमा रहेको मेरील्याण्ड कलेजसँग प्रतिस्पर्धा गर्नेछ । मेरील्याण्ड कलेजले सेमिफाइनलमा कान्तिपुर कलेजलाई ३८–१३ ले पराजित गरी मेरील्याण्डले फाइनलको यात्रा सुरीक्षत गरेको हो । त्यसैगरी विराटनगरको बैजनाथपुरको रङ्गशालमा भएको क्रिकेटतर्फ शिक्षादीप कलेज फाइनलमा प्रवेश गरेको छ । शिक्षादीप कलेजले एभरेष्ट कलेजलाई ४९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

१ सय ७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एभरेष्टले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा ५७ रनमै समेटियो । भोलीको अन्तिम सेमिफाइनल खेल कान्तिपुर कलेज र भानुमेमोरियल कलेजबीच हुनेछ ।

स्थानिय सहिद रङ्गशालामा आज भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजलाई २–० गोल अन्तरले पराजित गरी ग्रिनल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा कोवासलाई २–० गोल अन्तरले पराजित गरी मेरील्याण्ड सेमिफाइलनको यात्रा तय गर्यो । विराटनगरको कोशी क्याम्पसमा भएको पुरुष भलिबलको पहिला खेलमा मोर्डन एराले अरनीको कलेजलाई २५–१२, २५–१२ को सोझो सेटले पराजित गरी मोर्डन एरा सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । दोस्रो खेलमा कान्तिपुर कलेजले मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको एभरेष्टलाई २५–२०, २५–१४ को सोझो सेटले पराजित गरी कान्तिपुर सेमिफाइनलको यात्रा तय गर्यो ।malegra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३