प्रकाशित : १२ माघ २०७४, शुक्रबार १८:५३


विराटनगर, १२ माघ । buy Kamagra Polo, buy clomid. स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङ महिला समिति र नेपाल युवा उद्यमी मञ्चको आयोजनामा आजदेखि विराटनगरमा कोसेली महोत्सव शुरु भएको छ ।
महोत्सवको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभयो । विराटनगर स्थित जैन भवनको प्राङ्गणमा शुरु महोत्सवमा विभिन्न जिल्लाका घरेलु तथा साना उद्योगहरुबाट उत्पादित विभिन्न बस्तुहरुको स्टलहरु राखिएको छ ।
महोत्सवमा औद्योगिक उत्पादनहरु, हस्तकला सामाग्रीहरु, सिलाई कटाईका वस्त्रहरु, जुत्ता चप्पलहरु, ढाका तथा उनीका न्यानो कपडाहरु, अर्गेनिक खाद्य वस्तुहरु, श्रृगारका साधन, सूचना प्रविधि घरायसी सामाग्रीहरु र विभिन्न किसिमका खानाका परिकारहरु राखिएको महिला उद्यम समितिकी अध्यक्ष राजकुमारी तोदीले बताउनुभयो ।
महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताउनुभयो ।bentyl