Breaking News

नेपाल उद्योग संगठन मोरङ महिला समिति, नेपाल यूवा उद्यमी मञ्च विराटनगर च्याप्टर र मारवाडी महिला मञ्च विराटनगरको आयोजनामा भोली (शुक्रबार) देखि विराटनगर स्थित जैन भवनमा चार दिने कोसेली महोत्सव शुरु हुँदै छ । महोत्सवको तयारी र उद्देश्यबारे नेपाल यूवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष मनोजविक्रम साहसँग अरुण खबरका लागि गरिएको छोटो कुराकानी ।

महोत्सको तयारी कहाँ पुग्यो ?
अन्तिम अबस्थामा पुगेको छ । धेरै काम भइसकेको छ । आज राती १२ बजे सम्ममा सबै काम सकेकार भोलि बिहान सम्ममा स्टलहरु राख्ने काम समेत पुरा हुने छ । दिउँसो २ बजे उद्घाटन गर्ने गरी तयारी भईरहेको छ ।

तयारीको काम अहिल ढिलो भए जस्तो छ नि ?
ढिलो भएको छैन । सबै काम समय अनुसार नै गरिरहेका छौ । भोलि सम्ममा सबै प्रदर्शनीहरु पुरा भइसक्छ ।

कोसेली महोत्सवको खास उद्देश्य के हो ?
हामीले यो महोत्सवबाट एउटा सन्देश दिन खोजेका छौ । ‘राष्ट्रको आर्थिक बृद्धिमा सहयोग गरौ, स्वदेशी उत्पादनको प्रयोग गर्यौ’ भन्ने हाम्रो मुल नारा हो । यो नाराले नै हाम्रो उद्देश्यलाई प्रस्ट पारेको छ । हामी हाम्रो देशको कृषि, पर्यटन, तथा औद्योगिक उत्पादनलाई महोत्सवको माध्यमबाट प्रबद्र्धन गर्न चाहन्छौ । त्यसमा पनि विशेष गरेर महिला र यूवाहरुले उत्पादन गरेका बस्तुहरुको प्रबद्र्धन गर्नु हाम्रो मुख्य लक्ष्य हुने छ र हामीले महोत्सवमा पनि त्यही कुरालाई प्राथमिकतामा राखेका छौ । विशेष गरेर महोत्सवमा तरकारी, हस्तकलाका सामाग्री र स्थानीय खानाको प्रबद्र्धन गर्ने कुरा हाम्रो पहिलो प्रथामिकता हो ।

यूवा तथा महिलाहरुलाई उद्यमशिल बनाउन सरकारी स्तरबाट आएको कार्यक्रमहरु कत्तिको प्रभावकारी छन् ?
ठिकै छन् । पछिल्लो अवस्थामा यूवाहरुलाई उद्यमी बनाउने उद्देश्यले सरकारले ल्याएका कार्यक्रमहरु काठमाडौ बाहिर पनि लैजान खोजिएको छ । यो एक दमै राम्रो कुरा हो । महिलाहरुका लागि पनि घरैमा बसेर उद्यम गर्न सक्ने गरी धेरै कार्यक्रमहरु सरकारले ल्याएको छ । सरकारले ल्याएका त्यस्ता कार्यहरु कृषि, पर्यटनसँग सम्बिन्धित छन् । त्यसका लागि सरकारले अनुदान दिने, सीपमूलक तालिम दिने जस्ता कार्यहरु गरेको छ । त्यति मात्र होईन सरकारले यस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाउन दाताहरुसँग मिलेर लगानी गर्ने काम पनि गरिरहेको छ ।

यस्ता कार्यक्रमहरुमा उद्योग संगठन जस्ता सस्थाहरुको सहयोग चही कत्तिको पाउनु भएको छ ?
संघ संगठनको सहयोग पनि राम्रै छन् । सरकारसँग कोर्डिनेशन गर्ने काम भईरहेको छ । नेपाल यूवा उद्यमी मञ्चले पनि उद्यमी बन्न चाहने यूवाहरुका लागि सरकारसँग पुलको काम गरिहेको छ ।

नेपाली हस्तकलाको सामाग्रीहरुको अन्तराष्ट्रिय क्षेत्रमा माग कत्तिको छ ?

विगतको अनुभवलाई हेर्दा नेपाली हस्ताकलाको सामाग्रीको माग बाहिरी मूलुकहरुमा निकै नै रहको छ । भारत, चीन अमेरिका जस्ता मुलुकले निर्यातका लागि डिउटी फ्रि गरेका छन् । अब हामीले उनीहरुको मापदण्ड अनुसारको सामाग्री उत्पादन गर्न सक्नु पर्छ । विदेशी बजारमा हुने माग अनुसारको सामाग्री उत्पादन गर्न सक्ने हो भने विश्व बजारमा हाम्रो अवस्था निकै राम्रो देखिन्छ तर त्यसका लागि हामीले हाम्रो जनशक्तिलाई तालिम दिनुपर्छ । खास गरेर नेपालमा उत्पादन भएका चिया, दुधजन्य बस्तु र जडीबुटीको माग अन्तराष्ट्रिय बजारमा अत्यधिक रहेको पाईन्छ ।

Kamagra Flavored online, cheap Zoloft. महोत्समा कति सहभागिताको अपेक्षा गर्नु भएको छ ?

महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता गराउने लक्ष्य राखेका छौ । महोत्सवलाई भब्यता दिन नै हिजो सम्म उद्योग संगठनमा गरिरहेको महत्सवलाई आज त्यो भन्दा बाहिरा ल्याएको छौ ।

महोत्सवबाट कति आम्दानी गर्ने लक्ष्य राख्नु भएको छ ?
यो नाफाका लागि भन्दा पनि स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरणका लागि गर्न लागिएको हो । त्यसैले यसलाई बढी भन्दा बढी भब्यता दिन खोजिरहेका छौ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३