Breaking News

प्रदेश नम्वर १ मा कस्ता छन ,राष्ट्रिय सभाका उम्मेद्वार ?

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार ०८:०७

अगमप्रसाद बान्तवा राई

बान्तवा एमालेका पुराना कार्यकर्ता हुनुहुन्छ । २०२८ सालको झापा आन्दोलनबाट राजनीतिमा सक्रिय भएका उहाँ तत्कालिन कोर्डिनेश केन्द्रबाट पार्टी सम्पर्कमा आउनु भएको हो ।

इलाममा तत्कालिन मालेको राजनीतिलाई विस्तार गर्ने थोरै मध्येका एक रहेका बान्तवा तत्कालिन मालेका नेता रत्नकुमार बान्तवाका समकालिन मानिनुहुन्छ । २०३५ साल चैत २७ गते इलामको इभाङमा रन्तको हत्या हुँदै अगम पनि सँगै हुनुहुन्थ्यो । तर उहाँ प्रहरीको घेरा तोडी भाग्न सफल भएर बाँच्नु भएको हो ।

त्यो बेला उहाँसँगै ज्यान जोडाएर भाग्नेमा शुशिला श्रेष्ठ पनि हुनुुहुन्छ । रत्न र अगम नाताले काका भतिज पर्दछन । उहाँ कम्युनिष्ट राजनीतिमा राष्ट्रिय व्यक्तित्व नहुदा सधै ओझेलमा पर्दै आउनु भएको थियो । Gold Vigra buy online, purchase lioresal.

उहाँ २०५६ सालको प्रतिनिधि सभाको निर्वाचनमा इलाम क्षेत्र नम्वर ३ वाट पराजित हुनु भएको थियो । उहाँ एमाले पूर्व अध्यक्ष झलनाथ खनालका चेला हुनुहुन्छ । उहाँलाई मंगलवारे हाई स्कुलमा खनालले पढाउनु भएको थियो ।

हरिचरण सिवाकोटी
झापा वितामोड ९ निवासी ७० वर्षिय सिवाकोटी २०२५ साल देखि मेची क्याम्पसमा बिद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनु भएको हो । उहाँले तत्कालिन मनमोहन समुहबाट २०२७ सालमा पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो । पछि झापा आन्दोलन हुँदै तत्कालिन मालेको राजनीतिमा सक्रिय हुनु भएको थियो ।

२०३५ देखि ४२ साल सम्म दक्षिण–पूर्वी झापामा भूमिगत राजनीतिमा सक्रिय रहनुभएका सिवाकोटी सो क्षेत्रमा ०४६ सालको जनआन्दोलनमा वाम मोर्चाको कमाण्डर बन्नु भएको थियो । उहाले यस अघि एमालेका केन्द्रीय सल्लाकारको जिम्मेवारी समेत पुरा गरिसक्नु भएको छ ।

पर्शुमेघी गुरुङ्ग


संखुवासभा निवासी गुरुङ यसअघि सोही जिल्लावाट दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भई सक्नु भएको छ । पार्टीको पोलिटव्युरो सदस्य रहनु भएका उहाँ २०५६ सालमा एमाले संसदीय दलको सचेतक समेत भइसक्नु भएको छ ।

२०२८ सालवाट राजनीति शुरु गर्नु भएका उहाँले २०३५ सालमा पार्टी सदस्य पाउनु भएको थियो । अहिले उहाँ एमालेको संघीय मामिला विभागका प्रमुख पनि हुनुहुन्छ ।

खेम नेपाली


विराटनगर २ निवासी खेम नेपाली यस अघि विराटनगर महानगरपालिकामा नायव सुब्बा पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँले गएको पुस १६ गते महानगरपालिकावाट राजीनामा दिनु भएको हो ।

५४ वर्षिय नेपाली एमालेको १ नम्वर प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । ०३५ साल देखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नु भएका नेपाली विशेष गरेर दलित मुक्ति र सामाजिक विभेद बिरुद्धको आन्दोलनमा बढी सक्रिय व्यक्तित्व हुनुहुन्छ । यस अघि उहाँले एमालेको जिल्ला, अञ्चल हुदै राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको जिम्मेवारी समेत पुरा गरिसक्नु भएको छ । एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सल्लाकार रहनु भएका उहाँ राष्ट्रिय जनसांस्कृतिक महासंघको सल्लाकार पनि हुनुहुन्छ ।

खडगबहादुर बस्नेत


शिक्षक पृष्ठभूमिका बस्नेत एमालेका पुराना कार्यकर्ता हुनुहुन्छ । उत्तरी मोरङमा तत्कालिन मालेको संगठन विस्तारमा सक्रिय बस्नेत यसअघि २०४९ सालमा केराबारी गाविसको उपाध्यक्ष र २०५४ मा मोरङ जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।

सांगठानिक हिसाबले एमाले मोरङको जिल्ला उपाध्यक्ष भइसक्नु भएका बस्नेत अहिले कुनै महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्न ।

नैनकला ओझा


सुनवर्षी नगरपालिका १ निवासी ६१ बर्षीय ओझाको जन्म ताप्लेजुङ खोक्लिङमा भएको हो । २०३३÷३४ साल देखि राजनीतिमा सक्रिय ओझाले खोक्लिङमै तत्कालिन कोर्डिनेश केन्द्रबाट आफ्नो राजनीति सुरु गर्नु भएको हो ।

उहाँले यसअघि अनेमसंघ ताप्लेजुङ्ग र मोरङको जिल्ला सदस्य हुँदै केन्द्रीय सदस्यको जिम्मेवारी पुरा गर्नु भएको हो । त्यस्तै एमाले मोरङको जिल्ला सदस्य, कोशी अञ्चल सदस्य तथा एक नं. प्रदेशको प्रदेश सदस्य भइसक्नु भएको छ ।

उहाँ यसअघि ०५४ सालदेखि २०५९ सम्म जिल्ला विकास समिति मोरङको सदस्य हुनु भएको थियो ।

बीना काफ्ले (पोखरेल)

भोजपुर कुलुङमा जन्मिनु भएकी ४६ वर्षिया काफ्ले माओवादी केन्द्रको केन्द्रिय सल्लाकार रहनु भएको छ । हाल बेलबारी–९ निवासी काफ्लेले अनेमसंघ क्रान्तिबारीबाट आफनो राजनीति शुरु गर्नु भएको हो ।

उहाँले माओबादी आन्दोलनको समयमा ०५६÷०५७ मा भूमिमगत जीवन विताउनु भएको थियो । माओवादी केन्द्रको १ नम्वर प्रदेश संयोजक सावित्रीकुमार काफलेकी श्रीमती रहनु भएकी उहाँले माओवादी केन्द्रको विभिन्न संगठनमा रहेर काम गरिसक्नु भएको छ ।

रमेशजङ रायमाझी


भोजपुरमा जन्मिएर नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीति सुरु गर्नु भएका रायमाझीले सो संघको केन्द्रिय उपसभापति लगायतको जिम्मेवारी पुरा गरिसक्नु भएको छ ।

हाल सुन्दरहरैचा नगरपालिकामा बसोबास गर्दै आउनु भएका उहाँ काग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । दोश्रो संविधान सभाको चुनावमा उहाँ मोरङ क्षेत्र नम्वर ८ वाट नेपाली काँग्रेसबाट प्रत्यासी भएर पराजित हुनु भएको थियो । प्रतिनिधि सभामा मोरङ निर्वाचन क्षेत्र नम्वर ६ मा उम्मेदवारका लागि प्रत्यासी रहेपनि टिकट पाउन सक्नु भएन ।

उहाँ काँग्रेस नेता खुमवहादुर खड्का निकट मानिनुहुन्छ ।

सरिता प्रसाई 

झापा वुद्यशान्ति गॉउपालिका ३ निवासी प्रसाई हाल कृषि विकास राज्यमन्त्री रहनु भएको छ । काँग्रेसका पूर्व नेता चक्रप्रसाद बास्तोलाकी भाञ्जी पर्ने प्रसाई २०७० सालमा काग्रेसको तर्फवाट समानुपातिक सांसद बन्नु भएको थियो ।

५० वर्षीय प्रसाई नेविसंघको केन्द्रिय सदस्य हुँदै महिला संघ, तरुण दलको केन्द्रिय सदस्य हुनु भएको थियो । हाल उहाँ पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ ।

 

महेश जाजु


उद्योगि जाजु विराटनगर महानगरपालिका ७ निवासी हुनुहुन्छ । ५७ वर्षिय जाजु काग्रेसको राजनीति भन्दापनि उद्योग व्यवसायमा आवद्ध हुनुहुन्छ ।

२०७० सालको संविधान सभाको दोश्रो निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेद्वार समेत बनिसकेका जाजु काँग्रेसका क्रियासिल सदस्य हुनुहुन्छ ।

मोरङ व्यापार संघका अध्यक्ष र उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य भईसक्नु भएका जाजुलाई विभिन्न निर्वाचनका आर्थिक लाभका लागि काग्रेसले प्रयोग गदै आएको छ ।

बिनकुमार विश्वकर्मा

झापा अर्जुनधारा ४ निवासी हुनुहुन्छ । नेविसंघवाट विद्यार्थी राजनीति शुरु गर्नु भएका उहाँ अहिले पार्टीको केन्द्रिय सचिवालयको सचिव समेत हुनुहुन्छ । हाल उहाँ काग्रेसको महाधिवेशन प्रतिनिधि रहनु भएको छ ।

अनुपमादेवी साह
खासै राजीतिक पृष्ठभूमि नभएपनि उहाँ यस अघि राप्रपाको विभिन्न गतिविधिमा सक्रिय हुँदै आउनु भएको थियो । राप्रपाका मदेश प्रदेशको सदस्य समेत रहनु भएकी साह राप्रपाका केन्द्रिय सदस्य दिनेश साहकी श्रीमती हुनुहुन्छ ।cipro

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३