प्रकाशित : १० माघ २०७४, बुधबार १७:०९


buy Kamagra Jelly online, clomid without prescription. विराटनगर, १० माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नंम्वर १ बाट १२ जनाको उम्मेदवारी परेको छ । ८ वटा सिटका लागि बाम गठबन्धनका तर्फबाट ७, नेपाली काँग्रेस ४ र राप्रपाबाट १ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला तर्फको ३ जनाको सिटमा एमालेका तर्फबाट पर्शुमेघी गुरुङ (संखुवासभा), हरिचरण शिवाकोटी (झापा), खड्गबहादुर वस्नेत ( मोरङ) र नेपाली काँग्रेसबाट तर्फबाट रमेशजंग रायामाझी (मोरङ) को उम्मेदवारी परेको छ ।
महिला तर्फ एमालेकी नैनकला ओझा ( मोरङ) , नेपाली काँग्रेसका तर्फबाट कृषि राज्यमन्त्री सरिता प्रसाई (झापा) र नेकपा माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) को उम्मेदवारी परेको छ । महिला तर्फको ३ वटा सिटमा ३ जनाको मात्र उम्मेदवारी परेको छ । तीनै जना निर्विरोध भएका छन् ।
औपचारिक घोषणा भने अन्तिम नामावली प्रकाशन पछि घोषणा गरिने सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । यस्तै दलित तर्फको १ जनाको सिटमा २ जनाको उम्मेदवारी परेको छ ।
एमालेबाट खेम नेपाली (मोरङ) र नेपाली काँग्रेसका तर्फबाट विन विश्वकर्मा ( झापा) को उम्मेदवारी परेको छ । यस्तै अल्पसंख्यकमा ३ जनाको उम्मेदवारी परेको छ । एक जनाको सिटमा एमालेबाट अगमप्रसाद वान्तवा (इलाम), नेपाली काँग्रेसबाट महेश जाजु (मोरङ) र राप्रपाबाट अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी परेको छ ।pharmacy