प्रकाशित : १० माघ २०७४, बुधबार ११:१५


विराटनगर, १० माघ । नेपाली नागरिकहरु आधारभूत अधिकार उपभोग गर्नबाट बञ्चित भइरहेको सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुप्रति निरमा फाउण्डेशनले आफ्नो गंभीर ध्यानाकर्षण भएको जनाएको छ । buy Tadacip online cheap, dapoxetine online.
जनकपूरमा डोम समुदायका बालबालिकाहरु विद्यालय शिक्षाबाट वञ्चित भएको तथा धनुषा जिल्लामा २ हजार भन्दा बढी बालबालिकाहरु प्राथमिक तहमा विद्यालय बाहिर रहेको, कमजोर आर्थिक अवस्था, दलितहरुविरुद्ध हुने छुवाछुत तथा चेतनाको अभावका कारण उनीहरु आधारभुत अधिकारबाट वञ्चित भएको त्यसैगरी, कालिकोट जिल्लामा दुईसातादेखि फैलिएको भाइरल ज्वरोका कारण केही बालबालिका तथा वृद्धवृद्धाहरुको मृत्यु भइसकेको र सयौं मानिस प्रभावित भएका भन्दै निरमा फाउण्डेसनले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको हो ।
नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकहरुमा सम्पूर्ण सिमान्तिकृत समुदायको पहुँच सुनिश्चित गर्न निरमा फाउण्डेशन नेपाल सरकार र सम्बन्धित् निकायको गहिरो ध्यानाकर्षण गराएको निर्देशक कोषराज न्यौपानेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।cialis jelly