प्रकाशित : ९ माघ २०७४, मंगलवार १८:४६

Brand Cialis for sale, cheap dapoxetine. विराटनगर, ९ माघ । विराटनगरका स्वास्थ्य संस्थामा चिसोका कारण बिरामी भएर उपचारका लागि आउनेको संख्यामा बृद्धि भएको छ । केहीदिन यता बढेको अत्यधिक चिसोका कारण सरकारी तथा निजी स्वास्थ्य संस्थामा बिरामी भएर स्वास्थ्य परीक्षण र उपचारका लागि आउनेहरु बढेका हुन् ।

कोसी अञ्चल अस्पताल, नोवेल मेडिकल कलेज, मोरङको जिल्ला अस्पताल रंगेली, विराट नर्सिङ होम तथा निजी क्लिनिकहरुमा चाप बढेको छ । उपचारका लागि आउनेमा बृद्धबृद्धा र बालबालिका बढी छन् ।

रुघाखोकी, निमोनिया, दम र झाडापखाला जस्ता समस्या भएकाहरु उपचारका लागि आउने क्रम बढेको कोसी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले बताउनु भयो । बृद्धबृद्धामा हातखुट्टाको जोर्नी दुख्ने, दम, बाथ र छालाको समस्या बढी पाइएको छ ।

पोखरेलले अस्पतालमा दैनिक स्वास्थ्य परीक्षण र उपचारका लागि आउने मध्ये ८० जना भन्दा बाढी बालबालिका र सय जना भन्दा बढी बृद्धबृद्धा चिसोका कारण बिरामी परेर आउने गरेको जानकारी दिए ।

विशेष गरेर आर्थिक अवस्था कमजोर भएर चिसोमा न्यानो लुगा र बस्नका लागि उपयुक्त घरको व्यवस्था नभएकाहरु बढी मात्रमा बिरामी परिरहेको उहाँले बताउनु भयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार ग्रामिण क्षेत्रमा रहेका उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, अस्पताल समेतमा चिसोका कारण बिरामी भएकाहरुको संख्या बढिरहेको छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३