प्रकाशित : ८ माघ २०७४, सोमबार १७:०७

buy Viagra Soft, generic Zoloft. विराटनगर, ८ माघ । विराटनगरमा सम्पन्न १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ ।

प्रतियोगितामा मध्यमाञ्चलले ३ स्वर्ण, २ रजत र ३ कास्यका साथ प्रथम भएको छ भने पूर्वाञ्चलले ३ स्वर्ण, १ रजतका दोस्रो स्थानमा चित्त बुझायो । मध्यपश्चिमाञ्चलले १ रजत र २ कास्यका साथ तेस्रो भएको छ ।

आज भएको फाइनलमा पुरुष डबलमा पूर्वाञ्चलका यूकेश योञ्जन र आषिश बोहराको जोडिले मध्यमाञ्चलका प्रदिप खत्री र व्रिजेश पाण्डेका जोडिलाई ५–२ को सेटले पराजित गरी उपाधि हात पारेको छ ।

त्यस्तै टिम इभेन्ट्समा पूर्वाञ्चलले मध्यमाञ्चललाई ३–३ को सेटले पाराजित गरि उपाधि हात पारेको छ भने पश्चिमाञ्चल र मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझाएको छ । माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल, र एपिएफ गरि ८२ जना खेलाडिहरु सहभागि रहेका थिए । विजयी खेलाडिहरुलाई पूर्वाञ्चल खेलकुद विकाश विकाश समितिका अध्यक्ष रविन नगरकोटीले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भएको हो ।zitromax

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३