प्रकाशित : ८ माघ २०७४, सोमबार ०७:४५

अनेरास्ववियूबाट आफ्नो राजनीति सुरुवात गर्नुभएका एमाले नेता जीवन घिमीरे यूवा संघ हुँदै अहिले एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । पार्टीका थुप्रै जिम्मेवारीमा रहेर काम गरेपनि राजकीय जिम्मेवारी भने उहाँले खासै पाउनु भएको छैन । पछिल्लो पटक उहाँ गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनबाट मोरङ्ग क्षेत्र नं ४ (ख) बाट निर्वाचित हुनु भएको छ । नव निर्वाचित प्रदेश सभासद घिमीरेसँग अरुण खबरका लागि गरिएको छोटो कुराकानी ।

प्रदेश नं १ मा एमालेको एकलौटी बहुमत छ, अब सरकार बनाउँदा एक्लै बनाउँछ कि माओबादी सहितको हुन्छ ?
पार्टीको एकीकरणको प्रक्रिया चलिरहेकाले बहुमत भएपनि एक्लै सरकार बनाउने कुरा आउँदैन, माओबादी सहितकै सरकार निर्माण हुन्छ ।

एमालेकै सिनियर नेताहरु पनि प्रदेश सभामा धेरै जना हुनुहुन्छ त्यसको व्यवस्थापन कसरी हुन्छ ?
ठाउँहरु थुप्रै भएकाले नेताहरुको व्यवस्थापन गर्न त्यति धेरै गार्हो छैन । साता वटा त मन्त्रालय नै हुन्छन्, त्यस बाहेक सभामुख,उपसभामुख, सचेतक, उपसचेतक हुन्छ, त्यसकारण सबैलाई उचित व्यवस्थापन गर्न सकिन्छ । एमाले मात्र होईन माओबादीलाई समेत निश्चित अनुपातमा मिलाएर लैजान सकिन्छ ।

प्रदेश नं १ मा मुख्य मन्त्री चही कसलाई बनाउँदै हुनुुहुन्छ ?
दाबेदारहरु थुप्रै छन् तर सबै भन्दा बलियो उम्मेद्वार चाँही मै हुँ । मुख्य मन्त्रीको चयन पार्टीले विभिन्न विधिहरुको प्रयोग गरेर गर्न सक्छ । एकीकरणको प्रक्रिय चलिरहेकाले कार्य संयोजन समितिले पनि गर्न सक्छ, पार्टीको स्थायी समिति र , प्रदेश समितिले पनि गर्न सक्छ । अन्तिम विकल्प भनेको प्रदेश सभासदहरुको बीचमा मतदानबाट पनि यसको निर्णय गर्न सकिन्छ तर जुन सुकै विधिबाट छनौट गरेपनि मेरो संभावना बलियो छ ।

तपाँईको संभावना बलियो हुनुको आधार चही के हो ? Penegra online, purchase lioresal.
राजनीतिक पृष्ठभूमिको हिसावले म कमजोर छुईन । पार्टीले पाउने अवसर उचित हिसावले विनियोजन हुनुपर्छ भन्ने मेरो धारणा हो । मैले अहिलेसम्म कुनै पनि किसिमको राजकीय अवसर पाएको छैन । अझ भन्ने हो भने अहिलेको १ नं प्रदेशका १४ वटै जिल्ला विगत लामो समय देखि मेरो कार्य क्षेत्र भित्र नै पर्दैै आएको छ । अनेरास्ववियूको जिम्मेवारीमा रहँदा होस वा यूवा संघको जिम्मेवारीमा रहँदा, मैले सँधै यीनै जिल्लाहरुमा रहेर काम गर्दै आएको छु । पार्टीको नेतृत्वमा रहँदा पनि मेरो कार्य क्षेत्र यीनै जिल्लाहरुमै रहँदै आएको छ । त्यसैले म यहाँको सामाजिक परिस्थितिसँग पूर्णरुपमा परिचित छु । सरकार चलाउने सोच र भिजन पनि म सँग छ । चर्चा आएका अरु साथिहरु सबैको एक पटक परीक्षण भई सकेको छ तर मेरो परीक्षण भएको छैन । त्यसैले मलाई पनि परीक्षामा सहभागि हुने अवसर पार्टीले दिन्छ भन्ने कुरामा विश्वस्त छु ।

तपाँई नै मुख्यमन्त्री हुनु भयो भने कामको सुरुवात चाँही कसरी गर्नु हुन्छ ?
प्रत्येक मानिसले गरेर खाने वातावरण बनाउने जिम्मा राज्यको हो । कामको पहिलो सुरुवात त्यहीबाट गर्नुपर्छ । अहिले मानिसले गरिखाने बातावरण नै छैन त्यसैले नीतिगत रुपमा सुधार गरेर राम्रो बातावरणको सिर्जना गर्नुपर्छ । वातावरण राम्रो बनाउन सकियो भने मानिसले गरिखाना थाल्छ । त्यसपछि अरु बाँकी कुराहरु विस्तारै बन्दै जान्छ । त्यसमा पनि १ प्रदेश त धेरै स्रोत साधान भएको जिल्ला हो, राज्यले उचित वातावरण बनाई दिने हो भने त्यसको सदुपयोग हुँदै जान्छ ।

प्रदेश सरकारहरुको निर्माणसँगै राज्यको व्यभार पनि त बढेर जान्छ होला नि ?
सरकार निर्माणसँगै व्यायभार पनि थपिने कुराले धेरै मानिसहरु डराएको देखिन्छ तर कुरा त्यस्तौ होईन । म सानो छँदा गाउँमा हामी ठूल ठूला रुख ढालेर आगो ताप्ने काम गर्दथ्यो, त्यो देखेर धेरैले यी रुख सकिएपछि मानिसले के बाल्छन् होला भन्थे ? तर अहिले दाउराको बिकल्प ग्याँस आयो, रुख नभएर के भो त ? भात पकाउन खाँचो भएको छैन त । नयाँ सरकारहरु बन्दै जाँद हिजो हुने गरेका दुरुपयोगहरु रोकिँदै जान्छन् । सरकार फिल्डमै हुने भएकाले काममा हुने ढिला सुस्ती पनि रोकिन्छ । हिजो अर्बौको बजेट फ्रिज भएर जान्थ्यो अब रोकिन्छ । अझ हाम्रो प्रदेश त साधान स्रोतको हिसाबले पनि अथाह छ , सिमेन्ट उद्योगलाई ढुङ्गा मात्र विक्रि गर्दा पनि बर्षेनी ठूलो मात्रमा पैसा आउँछ , त्यस बाहेक कृषि, पर्यटनको संभावना पनि उत्तिकै छ ।

अहिले राजधानीको मागले धेरै ठाउँमा तनाव भइरहेको छ ? यसको व्यवस्थापन कसरी हुन्छ त ?
यो प्रक्रियाबाट टुङ्गिने कुरा हो । हिजो एउटा प्रक्रियाबाट विराटनगर अस्थायी रुपमा तोकिएको छ । भोलि अर्को प्रक्रियाबाट प्रदेश सभाले दुई तिहाईले स्थायी गर्छ । त्यसैले प्रक्रियाबाट भएको निर्णयलाई सबैले मान्नुपर्छ । अहिले आन्दोलन गरिरहुनु भएका साथिहरुले पनि भोलिको दिन सम्म पर्खनु नै उचित हुन्छ जस्तो लाग्छ ।

एमाले माओबादी एकताको कुरा कहाँ पुग्यो ?
पार्टी एकताको कुरा यसको व्यवस्थापनसँग जोडिएर आउँछ । यसको व्यवस्थापनका दुई ÷तीन वटा पाटा छन संगठन व्यवस्थापन, सरकार सञ्चालन र बैचारिक व्यवस्थापन प्रमुख कुरा हुन । त्यसमध्ये सरकार सञ्चालनको कुरा हप्ता १० दिन भित्र टुङ्गो लागि सक्छ । संगठन व्यवस्थापनको कुरामा दुई पार्टी बीचमा कार्यदल बनाएर छलफल भईरहेको छ, समाधानको नजिक पुगिसकेको छ । जहाँ सम्म अलिक लामो समय लाग्ने भनेको बैचारिक व्यवस्थापनमा हो, यसमा माओबादीले २१ औ शताब्दीको जनाबाद र एमालेले जनताको बहुदलीय जनाबादलाई आफ्नो बैचारिक कार्यक्रम मान्दै आएको छ । यी दुबै बिषयमा व्यापक छलफल चालएर महाधिबेशनबाट टुङ्गोमा पुग्न सकिन्छ ।farmacia

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३