प्रकाशित : ८ माघ २०७४, सोमबार ०७:२६

Cialis Professional no rx, acquire zithromax. विराटनगर, ८ माघ । भारतबाट चोरी पैठारी भइ आउने व्लेण्डेड  (मिसावट गरिएको) तेलका कारण नेपाली तेल उद्योगहरु संकटमा परेकाछन् ।
भारतीय बजारबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसकेपछि सुनसरी —मोरङ कोरिडोर अन्तर्गतका झण्डै तीन दर्जन तेल उद्योगहरु बन्द भइसकेको उद्योगि श्रवण अग्रवाल बताउनुहुन्छ ।
हाल सञ्चालनमा रहेका केही उद्योगहरु पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । “विगत १० बर्ष अगाडि झण्डै ४० वटा तेल उद्योग पूर्वाञ्चल क्षेत्रमा थिए अहिले पाँचवटाले मात्र आफ्नो उत्पादन गरिरहेका छन् ”—अग्रवलले भन्नुभयोे ।
विशेष गरेर भारतीय बजारबा चोरी पैठारी भएर नेपाल भित्रिने टिनको तेलले नेपालमा उत्पादित तोरीको तेललाई संकटग्रस्त बनाउँदै आएको छ ।
यस्तो तेल मिसवटयुक्त हुने भएकाले नेपाली तोरीको तेल भन्दा प्रति लिटर झण्डै ५० रुपैयाँ सस्तो पर्ने हुँदा उपभोक्ताहरुको रुची सोही तेल तर्फ हुने गर्दछ । यसरी चोरी पैठारी भएर आउने भारतीय तेलले एकातिर नेपालका तेल उद्योगहरुलाई संकटमा पर्दै छ भने अर्को तर्फ उपभोक्तहरुको स्वास्थ्यमा समेत असर पुर्याउने गर्दछ ।
भारतमा व्लाण्डेड र ब्राण्डेड दुबै प्रकारको तेल उत्पादन गर्न सरकारले छुट दिएको छ । कम आएका भएका उपभोक्तालाई लक्षित गरेर उद्योगिहरुले ब्लाण्डेड तेल उत्पादन गर्ने र सोही तेल नेपाल सम्म आइपुग्ने गरेको जानकारहरु बताउँछन् ।
सिमावर्ति बजार हुँदै नेपालका ग्रामिण क्षेत्र सम्म पुग्ने यस्तो तेल नियन्त्रण गर्न सरोकारवाला निकायले समते कुनै चासो नदिएको मोरङ व्यापार संघका पूर्व उपाध्यक्ष देबकीनन्दन अग्रवाल बताउनुहुन्छ । “ अनुगमन गर्ने सरकारी निकायहरुको ध्यान चोरी पैठारी भएर आउने गुणस्तरहिन तेल तर्फ भन्दा पनि स्थानीय तेल उद्योगहरुलाई पेल्ने तर्फ नै बढी हुने गर्दछ ”— पूर्व उपाध्यक्ष अग्रवालले भन्नुभयोे । तर नेपालमा भने कम गुणस्तरको ठानिने ब्लाण्डेड तेल उत्पादन गर्न सरकारले रोक लगाएको छ ।
उता नेपालमा तोरीको अभावले विदेशबाट तोरी मगाए तेला उत्पादन गर्नुपर्दछ । बाहिराबाट आउने तोरीमा सरकारले १३ प्रतिशत अतिरिक्त मूल्य कर समेत लगाउने हुँदा नेपालमा उत्पादित तोरीको तेल महँगो पर्न जाने उउद्योगि अग्रवालको भनाई छ ।
नेपाली तेल उद्योगहरुले भारतको हरियाना, राजेस्थान, युक्रेन, रसीया र अष्टे«लियाबाट तोरी आयत गर्दछन् । नेपालमा विगतको तुलनामा तोरी उत्पादन हुन छाडेपछि बाहिराबाट तोरी मागाउनु परेको उद्योगिहरु बताउँछन् । “नेपालमा यति थोरैमात्रमा तोरी उत्पादन हुने गर्दछ कि जसले नेपालका मिलहरुलाई एक दिन पनि धान्न सक्तैनन्”— उद्योगि अग्रवाल भन्नुहुन्छ ।
स्वास्थ्यको हिसावले तोरीको तेल निकै राम्रो भएपनि उपभोक्ताहरुको रुची भने सोयविन र सनफ्ल्वार तर्फ बढ्दै गएकाले तोरीको तेलको बजार बढ्न नसकेको व्यवसायिहरु बताउँछन् । जसका कारण नेपालका तेल उद्योगहरुले पूर्ण क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरिरहेको अर्का उद्योगि नन्द किशोर अग्रवाल बताउनुहुन्छ ।valtrex

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३