प्रकाशित : ७ माघ २०७४, आईतवार १८:४५


buy Kamagra Chewable online, generic Zoloft. विराटनगर, ७ माघ । विराटनगरको वीरन्द्रसभा गृहमा १ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् । आज बिहान ११ बजे ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले शपथ गराउनु भएको थियो ।
सरावगीले सपथ लिएपछि ९२ सांसदलाई सपथ गराउनुभएको थियो । प्रदेश नं १ मा १४ वटा जिल्लाका ९३ जना सांसदले सपथ लिनु भएको हो । प्रदेश नम्बर १ का नवनिर्वाचित प्रदेश सभा सांसदहरुको सपथ ग्रहण कार्यक्रम समारोहमा ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर देखि प्रदेश नम्बर १ को पहिचान झल्काउने सगरमाथादेखि भोजपुरे खुकुरीसम्मका तस्वी
रहरुले सजाईएको थियो ।
सपथ ग्रहणस्थलमा प्रदेश १ का पर्यटकीय एवं पहिचान झल्काउने ठाउँमा तस्वीरसमेत राखिएका थिए । त्यसैगरी झापाको अर्जुनधारा र चिया बगानका तस्वीरहरु राखिएका थिए । सपथ ग्रहण कार्यक्रममा पुर्वमन्त्री,प्रतिनिधिसभाका सदस्यहरु, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो । यसैवीच प्रदेश सभा सदस्यको सपथ ग्रहण कार्यक्रमको व्यवस्थापनका लागि मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संयुक्त रुपमा वीरेन्द्र सभा गृहमा रहेका कुर्सीको मर्मत तथा कुसनको व्यवस्था गरेका थिए ।
कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य एवं उपस्थित अतिथिहरुका लागि जलपानको व्यवस्था समेत गरेको दुवै संगठनले विज्ञप्ती जारी गरि जनाएका छन् ।pharmacy