प्रकाशित : ५ माघ २०७४, शुक्रबार १८:०४

विराटनगर, ५ माघ । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङ महिला समिति र नेपाल युवा उद्यमी मञ्चको आयोजनामा आगामी माघ १२ देखि १६ सम्म विराटनगरमा कोसेली महोत्सव हुने भएको छ ।

आज पत्रकार सम्मेलन गरि उद्योग संगठनले विराटनगर स्थित जैन भवनमा हुने महोत्सवमा विभिन्न जिल्लाका घरेलु तथा साना उद्योगहरुबाट उत्पादित विभिन्न बस्तुहरुको स्टलहरु राखिने जनाइएको छ ।

महोत्सवमा औद्योगिक उत्पादनहरु, हस्तकला सामाग्रीहरु, सिलाई कटाईका वस्त्रहरु, जुत्ता चप्पलहरु, ढाका तथा उनीका न्यानो कपडाहरु, अर्गेनिक खाद्य वस्तुहरु, श्रृगारका साधन, सूचना प्रविधि घरायसी सामाग्रीहरु र विभिन्न किसिमका खानाका परिकारहरु राखिने महिला उद्यम समितिकी अध्यक्ष राजकुमारी तोदीले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा यूवाहरुलाई लक्षित गरी श्रम कायालयको समन्वयमा रोजगार हेल्प डेक्स पनि राखिने छ । महोत्सवमा करिव ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव अवधिभर करिव १० लाखको कारोवार हुने लक्ष्य राखिएको छ ।

अवधिभर यस अघि पनि संगठनले स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले कोसेली महोत्सवको आयोजना गर्दै आएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३