Breaking News

मोरङ जिल्ला फुटवल संघमा धिमालको ह्याट्रिक

प्रकाशित मिति : ४ माघ २०७४, बिहीबार १७:४७

buy Brand Cialis, cheap lioresal. विराटनगर, ४ माघ । मोरङ जिल्ला फुटवल संघको अध्यक्षमा दीपेन्द्र धिमाल निर्वाचित हुनु भएको छ ।

आज लेटाङमा सम्पन्न निर्वाचनमा धिमालले किरण गिरीलाई २ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । धिमालले ८ मत ल्याउनु भयो भने गिरीले ६ मत प्राप्त गर्नु भएको थियो । यो विजयसँगै धिमाल जिल्ला फुटवल संघमा ह्याट्रिक गर्नु भएको छ । उहाँ २०६४ सालदेखि जिल्ला फुटवल संघमा हुनुहुन्छ ।

धिमाल नेपाली काँग्रेस निकट हुनुहुन्छ । फुटवल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित हुनु भएको छ । महिला सदस्यमा कौशिला लिम्वु र सदस्यहरुमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ (छाने) नगेन्द्र घिसिङ माधवप्रसाद लिम्वु र तेजराज गिरी निर्वाचित हुनु भएको छ ।

मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटवल क्लवका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका हुन । १४ वटा क्लव मध्ये ७ वटा विराटनगर महानगरपालिका भित्र र ७ वटा महानगरपालिका बाहिरका रहेका थिए ।

वि.सं २०५२ सालमा स्थापीत संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदिप भगत र किशोर तिम्सीनाले गर्नु भएको थियो । बानियाँले २ कार्यकाल नेतृत्व गर्नु भएको थियो भने भगत र तिम्सीनाले १÷१ कार्यकाल नेतृत्व गर्नु भएको थियो ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३