प्रकाशित : ३ माघ २०७४, बुधबार १८:४१

काठमाण्डौं, ३ माघ । एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभाको सिट बाँडफाँडमा सहमति जुटेको छ । एमाले र माओवादी केन्द्रबीच गठित कार्य दलको आज बसेको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँडमा सहमति जुटाएको हो ।

५६ वटा सिट संख्यामध्ये ४३ वटामा उम्मेदवारी दिने गरी सिट बाँडफाँड टुंगोमा पुर्याइएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । प्रदेशमा आएको चुनावी परिणामलाई मुख्य आधार बनाएर एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ वटा सिट दिने निर्णय गरिएको हो ।

कार्यदलमा जुटाइएको सहमति दुई दलका शिर्ष नेतृत्वले अनुमोदन गरेपछि कार्यान्वयनमा लगिने पनि एमाले नेता नेम्वाङले स्पष्ट पार्नुभयो । बैठकमा १३ वटा सिटमा भने अन्य दलहरुसँग पनि सहकार्य गर्न गरेर जान सकिने निष्कर्षमा कार्यदल पुगेको छ ।

कार्यदलले आगामी बस्ने बैठकमा प्रदेश सरकार र प्रदेश संसदको पद बाँडफाँड गर्ने निर्णय पनि गरेको छ । कार्यदललाई राष्ट्रियसभाको सिट र प्रदेश सरकार तथा संसदको पद बाँडफाँड गर्न आवश्यक सुझाव दिने कार्यादेश दिइएको थियो । कार्य दलले जुटाएको सहमति एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केपछि दुई दलको शिर्ष तहले अनुमोदन गर्नेछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३