प्रकाशित : २ माघ २०७४, मंगलवार ०७:१७

रामचन्द्र अधिकारी

विक्रम सम्वत १९९० सालको महाभूकम्प माघ २ गते चलेको हुनाले हरेक वर्ष नेपालमा माघ २ गतेलाई भूकम्प दिवसको रुपमा मनाइन्छ । भूगर्वविद्हरुको अध्ययनले नेपालमा फेरि अर्को शक्तिशाली भूकम्प निकट भविष्यमै आउने कुराको ठोकुवा गरेको छ ।

सन् १२५५ देखिको अनुभवमा के देखिएको छ भने कुनै ठाउँमा एक पटक ठूलो भूकम्प गएको ५० देखि ७५ वर्षभित्रमा त्यही शक्ति बराबरको अर्को भूकम्प चल्छ । नेपालमा विक्रम सम्वत् १९९० को ५५ वर्षपछि २०४५ सालमा सानोतिनो भूईंचालो (भूकम्प) त गएको थियो । तर, भूगर्वविद्हरु भन्छन् त्यसले ठूलो दशा टारेको छैन । अब निकट भविष्यमा हिमाली क्षेत्रमा केन्द्र हुने भूकम्प चल्ने उनीहरुको अनुमान छ ।

विश्वका ४० देशहरु भुइँचालोका प्रमुख शिकार हुँदै आएका छन् । नेपाल यीमध्ये एघारौं स्थानामा पर्छ । नेपालमा भूकम्प आउन सक्ने पहिलो कारण यहाँ भौगोलिक फल्टलाइनहरु हुनु हो । फल्टलाइन भनेका सतहमुनिका साना प्लेटहरुका जोर्नी हो । फेरि यिनै फल्टलाइनमाथि ठूला नदीहरु बहेका हुनाले झन् खतरा बढेको छ ।

त्यस्तै चीनिया र भारतीय ठूला टेक्टोनिक प्लेटहरुको जोर्नीमा नेपाल परेको छ । यस्ता जोर्नीबाट सतहमुनिको म्याग्मा (अर्धतरल पदार्थ) जोडदार बलपूर्वक एक्कासी बाहिर आउने सम्भावना हुन्छ र यस्तो बेला भुइँ थर्किन्छ ।

निकट भविष्यमै आउन लागेको भनिएको भूकम्पले काठमाडौं उपत्यका का ६० प्रतिशत घरहरु भत्किन सक्ने अनुमान गरिएको छ । पुल–पुलेसा, सडक, विद्युत गृह, खानेपानीका टंकीहरु भत्किएर मुलुकभर अस्तव्यस्त स्थिति आइपर्छ । पहाड, ताल र हिमतालहरु फुटेर बाढी पहिरो चली धनजनमा ठूलो क्षति पुग्न सक्छ भनेर अनुमान गरिएको छ ।

समयमा ध्यान पुर्याएर सुरक्षात्मक उपायहरु अपनाउन सकेको खण्डमा भुइँचालोबाट हुने मनवीय क्षति भने कम गर्न सकिन्छ । त्यसका लागि भूवर्गविद्हरुले निम्नअनुसारको सुझाव दिएका छन् ।

  1. आफू बस्ने घर भूकम्प प्रतिरोधात्मक बनाउनुपर्छ ।
  2.  जीवजन्तुहरुको क्रियाकलाप अध्ययन गर्ने बानी बसाउनुपर्छ । किनकि जीवजन्तुले ठूलो विपत्ती आउनुपूर्व अनौठा क्रियाकलाप देखाउँछन् । जस्तै : चराहरु जोडसँग कराउँछन्, गाईवस्तु उफ्रिन्छन । बाँधेको भए दाम्लो चुडाउँने गरी बल गर्छन् गाउँभरिका कुकुर एकैसाथ भुक्छन् ।
  3.  घरभित्रका सामानहरु दराज, सोकेस आदि बलियो गरी भित्तातिरै ढल्काएर राखे राम्रो हुन्छ ।
  4. भूकम्प आउँदा घरभित्र भएका त्यहीँ सुरक्षित ठाउँ हेरी बस्नुपर्छ । बाहिर कुद्न खोज्नु हुँदैन ।
  5.  यदि रड सिमेन्ट वा ढुंगा माटोको घर होइन भने भूकम्पका बेला टेबल, पलङ्ग, खाट आदि मुनि पसियो भने पनि ज्यान सुरक्षित राख्न सकिन्छ ।
  6.  कोठामा खानेकुराहरु टेबलमुनि राख्नुपर्छ । आपत परेर टेबुल मुनि नै बस्नुपरे त्यही खाएर बाँचिन्छ ।
  7.  छरछिमेकीहरु, आफ्नो परिवार सदस्य संख्या, नाम, उमेर र कहाँ–कहाँ बस्छन् भन्ने कुराको हेक्का हुनेगरी सम्बन्ध स्थापित गराइएको हुनुपर्छ ।
  8.  घरबाहिर आफू रहिएको छ भने कम्पन चलिरहँदा तार, वाल आदिले नमेट्ने ठाउँमा उभिइरहनु बेस हुन्छ ।
  9. Female Cialis for sale, acquire dapoxetine.

  10.  सवारी साधनभित्र यात्रा गर्दै भए भित्रै बस्नुपर्छ । साधनमा गुडिँदैछ भने सुरक्षित ठाउँमा रोक्नुहोस् ।
  11.  भूकम्प रोकिएपछि परिवार र छरछिमेकको खोजी र बिपतीा परेका भए उद्दार कार्यमा जुट्नु त मानवीयता नै हो ।

                                                                                                                                   इमेलः [email protected]pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३