प्रकाशित : १ माघ २०७४, सोमबार १८:३४

सुनसरी माघ १ । Cialis Soft online, order clomid. सुनसरीको इटहरीमा जारी दोसो्र अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधीका लागी बिराटनगर र धनगढी भिड्ने भएका छन ।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीलाइ पराजित गर्दै बिराटनगर फाइनलमा पुगेको हो भने दोसो्र सेमिफाइनलमा नेपालगञ्जलाइ पराजित गर्दै धनगढी उपाधी नजिक पुगेको हो ।

फाइनल खेल भोली मंगलबार हुने आयोजकले जनाएको छ । आज भएको पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित १४ ओभरको खेलमा ६ विकेट गुमाउदै ९१ रन बनाएको थियो । इटहरीका लागी गौतम शर्माले सर्वाधिक २९ रन बनाए भने पवन सर्राफले १५ रन बनाउदा बिवेक मेहेता १४ रनमा नटआउट रहे । बलिङ तर्फ बिराटनगरका बिवेक यादवले २ विकेट लिदा मिनश थापा, फिर्दोश अन्सारी र दिपक कंडेलले एक–एक विकेट लिए । ९२ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको बिराटनगर १२ दशमलव ४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो । बिराटनगरका लागी म्यान अफ द म्याच मिनश थापाले ३७ रन बनाउदा अमित यादवले १६ तथा फिर्दोस अन्सारी १७ रनमा नटआउट रहे ।

बलिङ तर्फ इटहरीका मनिष दाहालले ३ तथा सोनु मण्डल र पवन शर्राफले एक–एक विकेट लिए । आजै भएको दोसो्र सेमिफाइनल धनगढीले नेपालगञ्जलाइ ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय ४७ रनको योगफल खडा गरेको थियो । धनगढीका लागी भीम सार्कीले सर्वाधिक ३७ रन बनाए । यस्तै लोकेश बम २२ र नारायण जोशी १९ रनमा नटआउट रहदा बसन्त कार्की १४ र शेरे मल्लले ११ रनको योगदान दिए । बलिङ तर्फ नेपालगञ्जका बिजय चौधरीले २ र अजय शहनीले १ विकेट लिए ।

१ सय ४८ रनको बिजयी लक्ष्य पछ्याएको नेपालगञ्ज १९ ओभरमा ६६ रनमा समेटिएपछी धनगढी उपाधी नजिक पुगेको हो । नेपालगञ्जका लागी कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन । भोली मंगलबार हुने फाइनलमा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, सर्वोत्कृष्ट खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन । यस्तै खेलमा बेष्ट बलर र बेष्ट ब्याट्सम्यानले क्रमशः ५–५ हजार नगद प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले १५ सय रुपियाँ नगद प्राप्त गर्नेछन ।biaxin

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३