Breaking News

buy Tadalis SX Soft online, acquire dapoxetine. विराटनगर २९ पुस । नमुना बस्ति निर्माण अभियान चलाई रहेको धुर्मुस सुन्तली फाउन्डेसलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गर्नु भएको छ ।

नमुना बस्ति निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ सो रकम हस्तान्तरण गरिएको मेयर पराजुलीले जानकारी दिनु भयो । विराटनगरमा न्यानो कपडा वितरणका लगि आइपुगेका धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो ।

चेक बुझ्दै सिताराम कट्टेल ((धुर्मुस)ले मन भएका दानी व्यक्तिहरुकै सहयोगमा नमुना बस्ति निर्माण हुने बताउनु भयो । उहाँले उक्त रकम नमुना बस्तिमा खर्च गरिने बताउनु भयो ।

धुर्मुस सुन्तली फाउन्डेसनले करिव ३ सय घरपरिवारलाई न्यानो कपडा वितरण गरेको हो । तराईका जिल्लाहरुमा शितलहर बढेपछि न्यानो कपडा अभियान थालेको धुर्मुस सुन्तली फाउन्डेशका सिताराम कट्टेलले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनसँग समन्वय गरेर पिडा बढी भएको स्थानमा न्यानो कमल वितरण गरिएको उहाको भनाई थियो ।

बारा जिल्लाबाट सुरु गरिएको अभियान रौतहट, सर्लाही, धनुषा, महोतरी, सप्तरीमा न्यानो कमल वितरण गरिसकेको उहाले बताउनु भयो ।

यसअघि धुर्मुस सुन्तली फउन्डेसनले २९ सय घरपिरवारलाई न्यानो कमल वितरण गरिसकेको कार्यक्रममा जानकारी दिइएको थियो ।pharmacy

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३