Breaking News

इटहरी प्रिमियर लिग क्रिकेटमा विराटनगर र इटहरी विजयी

प्रकाशित मिति : २९ पुष २०७४, शनिबार १८:४८

Kamagra Soft online, dapoxetine online. इटहरी ,२९ पुस । सुनसरीको इटहरीमा जारी दोश्रो अण्डर १९ इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलहरुमा आयोजक इटहरी क्रिकेट एकेडेमी र विराटनगर बिजयी भएका छन ।

आज सम्पन्न पहिलो खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमी बिजयी भएको हो । इटहरीले नेपालगञ्जलाइ ३ विकेटले पराजित गरेको छ । नेपालगञ्जले निर्धारित १७ ओभरको खेलमा ९ विकेट गुमाउदै ६० रन बनाएको थियो ।

नेपालगञ्जका लागी लवकुश यादवले नटआउट १५ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन । बलिङ तर्फ इटहरीका भुपाल लुइटेलले ३ विकेट तथा पवन सर्राफ र सोनु मण्डलले २–२ विकेट लिए । ६१ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको इटहरीले १२ दशमलव ३ ओभर खेल्दै ७ विकेटको क्षतिमा ६३ रन बनाएर लक्ष्य भेटाएको थियो । बलिङ तर्फ नेपालगञ्जका लवकुश यादव र अजय शहनीले ३–३ विकेट लिए । सो खेलको म्यान अफ द म्याच इटहरीका भुपाल लुइटेल घोषित भए ।

यस्तै आजै भएको दोसो्र खेलमा बिराटनगरले धनगढीलाइ ९ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय २ रन बनाएको थियो । बिराटनगरका लागी फिर्दोश अन्सारीले सर्वाधिक ३४ रन बनाउदा अंकित सुबेदीले ११, दिपेश कंडेल र मुकुन्द यादवले १०–१० रन बनाए ।

बलिङ तर्फ धनगढीका सागर भण्डारीले २ विकेट लिए । १ सय ३ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको धनगढी १९ दशमलव १ ओभरमा ९३ रनमा समेटियो । धनगढीका लागी बशन्त कार्कीले सर्वाधिक ३५ रन, सागर भण्डारीले २१ र लोकेश बमले १० रन बनाए । बलिङ तर्फ बिराटनगरका म्यान अफ द म्याच फिर्दोश अन्सारीले २, बिवेक यादवले ३ र मिनश थापाले २ विकेट लिए ।

भोली आइतबारको पहिलो खेल आयोजक इटहरी र भैरहवा तथा दोसो्र खेल धनगढी र काठमाण्डौ बिच हुने आयोजकले जनाएको छ ।cialis

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३