प्रकाशित : २९ पुष २०७४, शनिबार १८:४३

विराटनगर, २९ पुस । Sublingual Viagra for sale, order clomid. कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको अवसरमा विराटनगरमा पत्रकार र साहित्यकार दुईजनालाई सम्मान गरिएको छ ।

शिरोमणि पुस्तकालयले कवि शिरोमणिको १३३ औं जन्मजयन्तिको अवसरमा आज आयोजना गरेको कार्यक्रमकाबीच पत्रकारिताको क्षेत्रबाट अन्नपूर्ण पोस्टका ब्युरो प्रमुख कुमार लुइँटेल र साहित्यकार दिनेशराज सुवेदी ‘दिङलाली कान्छो’लाई सम्मान गरिएको हो ।

दुबैलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली,स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र संस्थाका सभापति बालकृष्ण निरौलाले खादा,माला,दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयोे ।

पत्रकार लुइँटेललाई पत्रकारिताको माध्यमबाट समाजमा लामो समयदेखि योगदान पुर्याएको सम्मानस्वरुप शिरोमणि पत्रकारिता सम्मान र तीन दसकभन्दा लामो समयदेखि साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दिङलाली कान्छोलाई शिरोमणि सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । त्यस अवसरमा कवि कवयत्रीले कविता वाचन गरेका थिए ।lisinopril

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३