प्रकाशित : २८ पुष २०७४, शुक्रबार १८:३९

Gold Vigra for sale, lioresal without prescription. विराटनगर, २८ पुस । मोरङ प्रहरीले आज चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका २ सोमबारे हाट स्थित शिवशक्ति मार्गमा विराटनगर सिटी केवल नेटवर्क प्रा.लि.को संकलकको रूपमा काम गर्दै आएकी हरिप्रीया नेपालको व्याग चोरी गर्ने सुनसरी बेलगछिया ८ का २१ बर्षीय देवा मण्डल र गढी गाउपालिका ३ का १७ वर्षीय अजयकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

साईकलमा चढी लेडिज ब्याग बोकी केवल कार्यालय गई रहेको अवस्थामा मे ३ प ७२६ नम्बरको मोटरसाईकलमा आई ब्याग चोरी गरी ब्यागमा भएको ८२ हजारसमेत चोरी गरी लगेकोले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी निरीक्षक सुवास भट्टराई समेतको सादा पोशाकको प्रहरी टोलीले विराटनगर महानगरपालिका ५ जामुनगाछीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजना सवार मोटरसाईकल गत असोज ८ गते कोशी अंचल अस्पतालबाट चोरी गरी लगेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल दिप नारायण धिमालले हराएको भनि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिनु भउको थियो । पक्राउ परेकाको साथबाट ६८ हजार ८ सय २० रुपैयाँ र मोवाईल बरामद गरिएको छ । दुवैलाई चोरी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३