Breaking News

सञ्चारकर्मी सञ्चार सहकारीको शेयर पुँजी ९ लाख

प्रकाशित मिति : २७ पुष २०७४, बिहीबार १६:४७

विराटनगर, २७ पुस । Caverta no rx, acquire clomid. सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको शेयर पुँजी ९ लाख १५ हजार १ सय रुपैयाँ पुगेको छ । संस्थाको छैठौं साधारणसभाको अवसरमा आज आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष विजयहरि खतिवडाले गत आर्थिक वर्षको भन्दा ९० हजारले शेयरपुँजी वृद्धि भएको बताउनुभयो ।

आगामी आर्थिक वर्ष भित्रमा सञ्चारकर्मी सञ्चार सहकारीले शेयरपुँजी १० लाख ३५ हजार पुर्याउने लक्ष्य रहेको अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्ष भित्रमा ६ लाख वचत संकलन गरि २ लाख रुपैयाँ फिर्ता गर्ने लक्ष्य रहेको बताउनुभयो । ४२ जना शेयर सदस्यबाट शुरु गरेको संस्थामा हाल ९५ जना सदस्य पुगेको छन् ।

चालु आर्थिक वर्ष भित्रमा १ सय १ जना पुर्याउने लक्ष्य राखिएको छ । मोरङका रहेर विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरु सदस्य रहेको सञ्चारकर्मी सञ्चार सहकारीले आर्थिक वर्ष २०७३/०७४ मा २६ हजार ८ सय ३१ रुपैया खुद नाफा आर्जन गरेको छ । यसैवीच छैठौं वार्षिक साधारणसभाका अवसरमा दुई जना शेयर सदस्यहरुलाई सम्मान गरिएको छ ।

उत्कृष्ट वचतकर्ता शान्ति दाहाल र उत्कृष्ट ऋणी अनुजलाल कर्णलाई सम्मान गरिएको थियो । उहाँहरुलाई जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले सम्मान गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, पुर्व अध्यक्ष शिवबहादुर कार्कीले सञ्चारकर्मी सञ्चार सहकारीको विकासमा जोड दिनु भएको थियो ।cialis

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३