प्रकाशित : २७ पुष २०७४, बिहीबार १६:४३

विराटनगर, २७ पुस । Vigora for sale, buy dapoxetine. राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालको सहकारी अभियान विकासवादी अभियानका रुपमा अघि वढेको बताउनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड मोरङको २५ औं बार्षिक साधारणसभामा उहाँले सहकारी ऐन २०७४ ले आन्तरिक सुशासनमा जोड दिएको बताउनुभयो । अध्यक्ष पोखरेले सहकारीका माध्यमबाट आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्रिय तरकारी तथा फलफूल संघका उपाध्यक्ष मुक्ति बरालले सहकारी, सरकारी र निजी क्षेत्र नियममा चल्न नसकेको बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले आगामी दिनमा गरिने कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

उहाँका अनुसार संघको स्थायीत्वका लागि चालु आर्थिक वर्ष भित्रमा जग्गा खरिद गरिने छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमणलाई निरन्तरता दिने, उद्यमशिलता सहितको ऋण लगानी संवन्धि विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पोखरेलले बताउनुभयो । साधारणसभामा आर्थिक वर्ष २०७४/०७५ को लागि ७ लाख ५० हजार वरावरको प्रस्तावित आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।fluoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३