प्रकाशित : २६ पुष २०७४, बुधबार १३:४४

buy Extra Super Tadadel online, Zoloft reviews. रामचन्द्र अधिकारी
जाडो मौसमको वातावरण निकै प्रदुषित हुन्छ । एक अध्ययनले देखाएको छ – काठमाण्डौं उपत्यका गर्मी भन्दा जाडो महिनामा बढी दुषित हुने गर्छ ।
जाडोमा हावाको तापक्रम घट्ने भएकोले गर्हौं हुन्छ ।

गर्हौं हावा माथितिर उडी जान सक्दैन । हावामा विलिन हुन पुगेका धूलोका कण र धुँवा पनि धेरै माथि तैरिएर जान सक्दैनन् । पृथ्वी सतहकै आसपासमा बाक्लो तह बनी बस्छ । त्यसैले काठमाण्डौं जस्तो व्यस्त शहरमा सवारी साधनबाट निस्किएको धुवाँ सडक आसपासमै फौलिइरहने हुँदा प्रदूषण बढ्दछ ।

तराईमा वाफ, धूलो र धुँवा ओसिएर माथितिर उडी जान नसकेपछि तुवाँलो वा कुहिरो बन्न पुग्छ । यसले दैनिक जीवनमा पार्ने असर चर्चा गरी साध्य छैन ।

चिसो मौसममा हावामा घुलित सम्पूर्ण वस्तुको तौल बढ्दछ । खोला, इनार, कुवाजस्ता स्रोतको पानीमा यस्ता वस्तु मिसिन पुगी जल प्रदुषित हुन्छ । धूलो र बालुवाका कणहरु रुखका पातमा टाँसिएर पूरै ढाकेका हुन्छन् । यसो हुँदा ती पातहरुको स्टोमाटा टालिने भएकोले उक्त विरुवाले श्वासप्रश्वास गर्न सक्दैन ।

साथै प्रकाश संश्लेषण गरी खाना तयार गर्न पनि सक्दैन । यस्तो प्रदुषित वातावरणमा बोटबिरुवाको बृद्धि विकास ठप्प हुन्छ । श्वासप्रश्वास र प्रकाश संश्लेषण हुन नसकेपछि वायुमण्डलको कार्वनडाइअक्साइड र अक्सिजनको सन्तुलन विग्रिन पुग्छ ।

उच्च पहाडी भेगमा हिउँ पर्छ जसले गर्दा त्यहाँका जीवजन्तु र सिंगो वातावरण नै असन्तुलित हुन्छ । पृथ्वीको तापमान घटेकै कारण वर्षा नभई सतह र भूमिगत पानी सुक्न थाल्छ ।

हिउँदमा देखिने अर्को वातावरणीय समस्या भू–स्खलन पनि हो । ओसले गर्दा ढुंगा, पहरा र ढिस्काहरु फस्के बनिन्छन् र टुक्रिएर लड्ने समस्या देखिएको छ ।

हिउँदका दिन स्वास्थ्यका लागि फाइदाप्रद मानिदैनन् । किनकी धेरै प्रकारका दीर्घ रोगहरु चिसोकै कारण उब्जिएका हुन्छन् । हुनत संक्रामक रोगहरु गर्मीमा जति जाडोमा लाग्दैनन् तर रोगको पीडा भने जाडोमै बढी भोग्नुपर्दछ । भनाइ नै छ ‘बुढालाई माघको जाडो’ मतलब बूढा मान्छेहरुलाई जाडो काट्न मुस्किल पर्छ ।

दम, खोकी, ग्याष्ट्रिक, वाथ, क्यान्सर जस्ता रोगहरुकोे चाप हिउँदमा बढ्छ ।
जति उमेर बढ्दैजान्छ चिसोसँग लड्न सक्ने क्षमता कमजोर हुँदै जान्छ । त्यसैले बूढा मान्छेहरुलाई जाडो छल्न कठिन पर्छ ।

बच्चाहरुका लागि पनि चिसो अभिशाप नै हुन्छ । किनभने जाडोसँग प्रत्यक्ष गाँसिएका केही संक्रामक रोग छन्् जसले बालकलाई छिटो आक्रमण गर्दछन् ।

जस्तैः निमोनिया र कोल्ड डाइरिया । केटाकेटीहरुलाई विशेषतः तर सबै उमेरकालाई लाग्न सक्ने कोल्ड डाइरिया हुँदा हरियो र पातलो दिशा लाग्ने अनि पेट दुख्ने समस्या आउँछ ।

न्यूमोकोकी, स्टाफाइलोकोकी हेमोफिलस जस्ता व्याक्टेरियाले गर्दा निमोनिया लाग्छ । यी ब्याक्टेरिया जाडोमै बढी सक्रिय हुन्छन् ।

केटाकेटी र बूढापाकाहरु ब्रोंको निमोनियाबाट पीडित बन्दछन् । फेरि निमोनियाको ब्याक्टेरियाले एकपटक आक्रमण गरेपछि मानिसको निमोनिया प्रतिरोधात्मक क्षमता घटाइदिन्छ । त्यसैले एउटै व्यक्ति पटक–पटक शिकार बन्दछ ।

मुख्यतयाः २० देखि ४० वर्ष उमेरका पुरुषहरुलाई मात्र लाग्ने लोबुलर निमोनियाले पनि चिसोमा धेरै सताउँछ । दाहिने फोक्सोको तल्लो भागमा आक्रमण गरी यो निमोनिया जाडोको घातक रोगको रुपमा स्थापित छ ।

हिउँदमा छालाका अनेक समस्याहरु देखा पर्दछन् । छालाको भित्री भागमा रहेको बोसो जम्ने भएकोले छाला खस्रो हुन जान्छ र फुट्न पनि थाल्छ । यही क्रमले ओठ र कुर्कुच्चा फुट्ने समस्या समेत जाडोका पीडा हुन् ।

हिउँदका दिनहरुमा चायाले समेत उत्तिकै सताउँछ । चाया आउनु एक प्रकारको दाद हो । टाउकोमा टिनीया टोन्सुरस र दाह्रीमा टिनीया मार्जिनेट भन्ने फन्जाईले गर्दा चाया पर्छ ।

हिउँदमा दैनिक नुहाउन जाडो मान्नेहरुमा यी समस्या देखा पर्छन् । टाउको र दाह्रीमा चाया पर्न थालेपछि साानोतिनो प्रयासले हटाउन सकिन्न ।

यी फञ्जाइले मानिसलाई आक्रमण गर्ने उपयुक्त मौसम यही जाडो मौसम हो । चाया पर्न थालेपछि कपाल र दाह्री खुईलिने द्धितीय असरहरु देखिन्छन् ।

जाडोकै कारण छाला चिलाउने र फोस्रा टाटा तथा डाबरहरु पनि देखा पर्दछन् । यी र यस्ता वातावरणीय तथा स्वास्थ्य समस्याबाट जोगिन सरसफाइ अनि जीउको स्याहारमा उचित हेरचाह गर्नु आवश्यक देखिन्छ ।fluoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३