Breaking News

मोरङ–सुनसरीका सयौ उद्योग बन्द, ३० हजार बढीको रोजगारी गुम्यो

प्रकाशित मिति : २६ पुष २०७४, बुधबार १३:४२

महेन्द्र बिष्ट
order Brand Cialis online, order zithromax. विराटनगर, २६ पुस । एक दशक लामो द्वन्द्व, राजनीतिक अस्थिरता र सरकारी नीतिका कारण विगत डेढ दशकको अवधिमा मोरङ–सुनसरी औद्योगिक कोरिडर र त्यस आसपासका सयौ उद्योगहरु बन्द हुन पुगेका छन् ।

यसरी उद्योग बन्द हुँदा मुलुकले राजश्वको ठूलो हिस्सा गुमाएको छ भने ३० हजार वढी मजदुरको रोजगारी गुमेको छ ।

तयारी पोशाकका प्राय सबै उद्योग बन्द भए, जुट र खाद्यान्नको उद्योगहरु पनि घट्दो अवस्थामा रहेको मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा बताउनुहुन्छ ।

‘पाँचवटा त जुटमिल मात्र बन्द भइसके, त्यस बाहेक ठूला लगानीमा सञ्चालनमा आएका फलाम र टेक्सटायल उद्योगहरु पनि बन्द हुन पुगेका छन’–अध्यक्ष सारडाको भन्नुभयो ।
ठूलो लगानीमा सञ्चालनमा रहेका गुहेश्वरी जुटमिल, नेपाल जुटमिल, मिक्की जुटमिल, चन्द्रशिव जुटमिल र विराटनगर जुटमिल (विराटनगर जुटमिल्स केही समय अघि सञ्चालनमा आएको छ ) जस्ता जुट उद्योगहरु बन्द भएका छन् ।

त्यस्तै अशोक टेक्सटायल, प्रभात टेक्सटाएल लगायत आधा दर्जन भन्दा बढी टेक्सटायल उद्योगहरु बन्द भए । मोरङ–सुनसरीमा मात्र ११ वटा ठूला जुट उद्योगहरु सञ्चालनमा थिए तर अहिले पाँच वटा मात्र सञ्चालनमा छन् अरु बन्द भइसकेको उद्योगी राजकुमार गोल्छाले बताउनुभयो ।

हेटौडा र स्वदेशी आईरन जस्ता फलाम उद्योग, कर्कट पाता र पाइप उद्योगहरु पनि बन्द हुन पुगे । करोडौको लगानीमा दुहवीमा स्थापना भएको बंशल इण्डष्ट्रिज नामको पाइप उद्योग सञ्चालन नै हुन नसकी बन्द भएको अध्यक्ष सारडा बताउनुहुन्छ ।
विराटनगर आसपासमा मात्र सञ्चालनमा रहेका आधा दर्जन भन्दा बढी तयारी पोशाकका ठूला उद्योगहरु बन्द हुन पुगेको उद्योग बाणिज्य महासंघ प्रदेश नं १ का उपाध्यक्ष राजेन्द्र राउत बताउनुहुन्छ ।

अम्बे, सांग्रिला इन्टरनेशनल, अमी, जेडी, इजी वेयर, फेसन फेब्रिक, जस्ता तयारी पोशाकका ठूला उद्योग र दर्जनौ साना उद्योगहरु यस बीचमा बन्द हुन पुगेका हुन् । तयारी पोशाक र जुट उद्योगहरु बन्द हुँदा प्रत्यक्ष रुपमा ३० हजार भन्दा बढी मानिसहरुको रोजगारी खोसिएको उद्योगीहरु बताउँछन् ।

विगतमा भएका राजनीतिक अस्थिरताले सबै भन्दा बढी तेल, चामल र जुट उद्योगहरु मारमा परेको उद्योगी श्रवण अग्रवाल बताउनुहुन्छ ।

दर्जनौ तेल र चामल उद्योगहरु पनि बन्द हुन पुगेका छन् । अग्रवालका अनुसार गोपाल, अम्बिका ,जुगल, पशुपति, सेलो, बाबा, अटल, कालिका, नारायण जस्ता तेल उद्योग तथा हिरा र अच्यूत जस्ता ठूला चामल मिलहरु पनि बन्द भएका हुन् ।

उद्योगहरु बन्द हुनुमा बन्द हड्ताल, श्रमिक आन्दोलन, विद्युत अभाव, यातायात अवरोध जस्ता समस्या मात्र नभएर सरकारी नीति पनि प्रमुख कारण रहेको उद्योगीहरुको आरोप छ ।

सरकारले ल्याएको औद्योगिक नीति उद्योग मैत्री नभएको मोरङ व्यापार संघका अध्यक्ष सारडा बताउनुहुन्छ । ‘नीतिगत रुपमै उद्योगीहरुलाई संरक्षण गर्न नसक्नु नै प्रमुख कारण हो ।’ उहाँले भन्नुभयो–‘बन्द हड्तालले लामो समय उद्योग बन्द हुन्छ तर बैंकलाई बुझाउनु पर्ने व्याज र सरकारलाई तिर्नुपर्ने कर तिर्नै पर्ने, श्रमिकको ज्याला पनि दिनै पर्ने, अनि कसरी उद्योग चल्छन ? ’
छिमेकी मुलुक भारत बंगलादेशको तुलनामा नेपालमा उद्योगलाई सरकारी सहयोग नरहनु पनि उद्योग बन्द हुने कारण रहेको उद्योगी राजकुमार गोल्छा बताउनुहुन्छ ।

जुट उद्योगहरुलाई सरकारले केही अनुदान दिएपनि भारतले लगाउने एन्टिडम्पिङ डिउटीका कारण भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न गार्हो रहेको उहाँको भनाई छ ।

‘विगतमा सिमेन्ट, चिनी र खाद्यन्न मिलले जुटका बोरा प्रयोग गर्दथे तर अहिले अधिकांस प्लाष्टिकका बोराको प्रयोग हुन थालेपछि जुट उद्योग थप मारमा परी बन्द हुन पुगेका हुन’–गोल्छाले भन्नुभयोे ।

पहिले भारतीय बजार समेत जुटका बोराहरु नेपालबाटै जान्थे तर अहिले भारतले नै ठूलो सख्या जुटका बोरा उत्पादन गर्न थालेको छ भने सरकारी आपूर्तिमा समेत जुटका बोरा जान छाडेपनि नेपाली जुट उद्योगहरु अझ संकटमा पर्दै गएका हुन् ।

उद्योगहरु बन्द हुँदा त्यो सँगै जोडिएर सञ्चालन हुने स–सानो व्यवसाय पनि धरापमा पर्न थालेका छन् । ‘एउटा उद्योग सञ्चालन हुँदा त्यसको वरिपरि किराना र होटल व्यवसाय पनि चल्थ्यो ’–गोल्छाले भन्नुभयोे ।

यसरी सरकारी नीतिमा रहेका त्रुटी र खोटलाई सच्याउँदै बाह्य बातावरणमा सुधार नगर्ने हो भने नयाँ लगानी आउने त कता हो कता भएका थप उद्योगहरु पनि बन्द हुँदै जाने कुरामा अधिकांस उद्योगहरु सहमत देखिन्छन् ।pharmacy

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३