प्रकाशित : २५ पुष २०७४, मंगलवार १८:४७

विराटनगर, २५ पुस । buy Kamagra Flavored, Zoloft reviews. सरकारले ल्याएको नयाँ औद्योगिक व्यवसाय ऐन अनुसार आन्तरिक राजस्व कार्यालय विराटनगरले उत्पादनमुलक उद्योगलाई कर छुट नगरेपछि उद्योगी व्यवसायीहरुले कानूनी उपचार खोज्ने भएका छन् ।

त्यसका लागि उद्योग संगठन मोरङ मार्फत अदालत जाने तयारी भईरहेको संगठनका अध्यक्ष मुकेश उपाध्याले बताउनुभयो । औद्योगिक व्यसायिक ऐन २०७३ मा उत्पादन मुलक उद्योगलाई २० प्रतिशत आयकर छुट दिने व्यवस्था गरेको छ ।

तर यसरी ऐनमा स्पस्ट रुपमा गरिएको व्यवस्थालाई समेत कर कार्यालयले अर्थमन्त्रालयलाई जानकारी नभएको भन्दै कर छुट दिन इन्कार गरेपछि उद्योगीहरु कानून कार्यान्वयनका लागि अदालत जानुपर्ने अवस्था आएको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

उद्योगीहरुले पछि जरिवाना तिर्नुपर्ने भए तिरौला अहिले ऐनमा व्यवस्था भए अनुसार गरौ भनेर उद्योगिहरुले अनुरोध गर्दा समेत कर कार्यालयका अधिकारीहरुले इन्कार गरेको उद्योगीहरु बताउँछन् ।

अर्थमन्त्रालयको कुनै परिपत्र नआएको भन्दै कर कार्यालयले ऐन कार्यन्वयन गर्न नमानेपछि अदालतबाटै कानूनी उपचार खोज्ने तयारी संगठनले गरिरहेको एक उद्योगीले बताए । त्यसका लागि संगठनले सस्थागत निर्णय नै गरिसकेको एक उद्योगीले बताए ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३