प्रकाशित : २५ पुष २०७४, मंगलवार १८:४०

विराटनगर, २५ पुस । Eriacta for sale, dapoxetine without prescription. विराटनगर जुट मिल्स बन्द गर्न अनेक चलखेल सुरु भएका छन् । विभिन्न कारण देखाएर पटक पटक बन्द हुँदै आए पनि पछिल्लो समय संचालनमा रहेको मुलुककै जेठो उद्योग विराटनगर जुट मिल्स बन्द गर्न खुल्लेआम रुपमा एउटा समूहनै सक्रिय भएर लागेको छ ।

राजनैतिक छत्रछायाँमा आफ्नो उद्देश्य पूर्तिका लागि त्यो समूहले अस्वभाविक हर्कतहरु प्रस्तुत गर्न थालेपछि जुट मिल्सको भविष्य फेरी अन्योलतातर्फ धकेलिएको छ । विजुली अभाव भएकाले लक्ष्य जति उत्पादन गर्न नसकिएको कारण देखाउँदै अन्तिम पटक २०७१ साल भदौ १९ गतेदेखि पूर्ण रुपमा बन्द भएको जुट मिल्सलाई आन्तरिक स्रोतबाट गत मंसिर १० गतेदेखि सानो आकारमा भए पनि संचालनमा ल्याइएको थियो ।

अहिले मिल्सले दैनिक पाँच मेट्रिक्टन उत्पादन दिइरहेको छ । एक सय ५० मजदुरले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । कुनै बाधा उत्पन्न नभएर सहज स्थिती रहिरहेमा मिल्स व्यवस्थापनले एक हजार तीन सय बढी मजदुरलाई प्रत्यक्ष रुपमा रोजगारीको सिर्जना गर्ने गरी आगामी फागुन १ गतेबाट दैनिक २० मेट्रिक्टन उत्पादन गर्ने गरी संचालनको तयारी पनि गरेको छ ।

मिल्सका प्रवन्ध निर्देशक निलहरि काफ्लेले पुराना र जीर्ण भएका जुट मिल्सका संरचनालाई मर्मत सम्भार गरेर मजवुत बनाउँदै मिल्स संचालनमा ल्याइएको जानकारी दिनु भयो । ‘हामी उद्योगलाई कसरी व्यवस्थित बनाएर निर्वाध रुपमा संचालन गर्न सकिन्छ भनेर लागिरहेका छौं,’ काफ्लेले भन्नु भयो, ‘मिल्स संचालन गर्न नदिने र कमजोर बनाउने गिरोहले एउटा शक्तिलाई उपयोग गर्दै त्यसका विरुद्ध गतिविधी गरिरहनु दुःखद् हो ।’ उहाँले अनाधिकृत रुपमा लाभ लिनका लागि मिल्सलाई धाराशायी र रुग्ण बनाउने चाहना भएकाले गतिविधी गरिरहेको पनि बताउनु भयो ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मिल्स संचालन गर्नेमाथि कारवाही हुनु पर्ने माग राखिएको छ । धर्मानन्द सञ्जेलको नेत्रृत्वमा गठित विराटनगर जुट मिल्स बचाउ अभियान समितिले मिल्स संचालक समितिको विरोध गरेको हो । त्यसको उपाध्यक्षमा प्रकाश साह र सचिवमा हिमाल शेर्पा रहनु भएको छ ।

सञ्जेलले भने मिल्स बन्द गराउन लागेको कुराको प्रतिवाद गर्नु भएको छ । उहाँले संचालनका नाममा बेचिएको विराटनगर जुट मिल्सको शेयर अबिलम्ब खारेज गरेर सरकारको साविकको ६८ प्रतिशत शेयर कायम गर्नु पर्ने, सम्पत्तीको संरक्षण गरेर दीर्घकालिन रुपमा मिल्स संचालन गर्नु पर्ने, कार्यरत मजदुरको बाँकी तलव भुक्तानी गर्नु पर्ने र जुट मिल्समा भइरहेको अनियमितताको छानविन गर्नु पर्ने आफूहरुको माग रहेको बताउनु भयो ।

‘केही व्यक्तिको मिलेमतोमा संचालन गर्ने नाममा मिल्सको सबै सम्पत्ती हडप्ने योजना बुनिएको छ,’ सञ्जेलले भन्नु भयो, ‘त्यही भएर मिल्सको अस्तित्व बचाउन हामी त्यसको विरोधमा उत्रिएका हौं ।’levitra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३