प्रकाशित : २५ पुष २०७४, मंगलवार १८:३८

Intagra without prescription, cheap zithromax. विराटनगर, २५ पुस । प्रेस युनियन मोरङले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा सृष्टी दैनिकका प्रधानसम्पादक शंकर खरेल, वीवीसी नेपाली सेवा तथा उद्घोष दैनिकका विक्रम निरौला, प्रतिदिन दैनिकका रुपेन्द्र शेर्मा र मकालु टिभीका अभयकुमार राईलाई पुरस्कृत गरिएको छ ।

पत्रकार खरेल, निरौला र शेर्मालाई शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार र राईलाई रमाप्रसाद–मायाँदेवी रिजाल पत्रकारिता पुरस्कार सूचना तथा सञ्चारमन्त्री मोहनवहादुर वस्नेतले प्रदान गर्नुभयो । पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको थियो । कार्यक्रममा पत्रकार किरण न्यौपाने र भारती उपाध्यायलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा शैलजा आचार्यका बारेमा प्रेस युनियन मोरङका सल्लाहकार अनन्तराज न्यौपाने र रमाप्रसाद–मायाँदेवी रिजालका बारेमा प्राज्ञ विवस पोखरेलले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, प्रेस युनियनका उपाध्यक्ष लीलाबल्लभ घिमिरे, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायतले बोल्नु भएको थियो ।

यसैवीच १५ हजार राशिबाट पुरस्कृत हुनुभएका पत्रकार खरेलले विपन्न अवस्थामा रहनुभएका नेत्रहीन निकेश थापामगर, कृष्ण कोइराला ‘चारघरे’ र रमेश भट्टराई ‘पाखे’ लाई पाँच–पाँच हजारका दरले रकम प्रदान गर्नुभएको थियोlady era

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३