Breaking News

मोरङमा बाल विवाहको संख्या बढ्यो

प्रकाशित मिति : २५ पुष २०७४, मंगलवार १८:३६

विराटनगर २४ पुस । Viagra Jelly no rx, zithromax without prescription. मोरङमा बाल विवाह मुख्य समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला बाल कल्याण समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अन्र्तक्रियामा बोल्ने बक्ताहरुले बाल विवाह मुख्य समस्या रहेको बताएका हुन ।

सिविन विराटनगरका प्रमुख बासु अधिकारीले मोरङमा मुख्य समस्या बाल विवाह रहेको बताउनुभयो । एक वर्षको अवधिमा मोरङमा २६ वटा बालविवाह भएको बताउनुभयो । उहाँले बाल विवाह पछि बाल यौन दुव्र्यवहारका घटना भएको बताउनुभयो । एक वर्षको अवधिमा १७ वटा बाल यौन दूव्र्यवहारका घटना भएको बताउनुभयो । विराटनगर महानगरपालिकाका बालमैत्री फोकल पर्सन डिल्लीप्रसाद धिमालले खुल्ला सिमानाका कारण भारतमा गएर बाल विवाह हुने गरेको बताउनुभयो । नेपालमा कडाई हुनथाले पछि भारतमा गएर बाल विवाह गर्नेको संख्या बढेको बताउनुभयो ।

उहाँले विराटनगरमा बाल श्रमिकको संख्या पनि घटेर गएको बताउनुभयो । उहाँले करिव २ सय ५० श्रमिक बालबालिकालाई परिवारमा लैजाने अवस्था पनि नभएको र बाहिर ल्याउन पनि नसकिने अवस्था रहेको बताउनुभयो । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले बाल विवाहको घटना बढ्नुमा दहेज मुख्य समस्या रहेको बताउनुभयो ।

दहेजको अन्त्य नभए सम्म बालविवाह रोक्न चुनौति रहेको बताउनुभयो । केन्द्रिय बाल कल्याण समितिका १ नम्वर प्रदेश श्रोत व्यक्ति सुमन अधिकारीले मोरङमा बाल विवाहसँगै खानाका लागि बालबालिका श्रममा संलग्न हुनुपर्ने अवस्था, बालमृत्युदर, बालबालिका शतप्रतिशत विद्यालय भर्ना हुन नसक्नु, लागु औषध प्रयोग गर्ने बालबालिका संख्या बढ्दै जानु मुख्य समस्या रहेको बताउनुभयो ।

केन्द्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालविवाह रोक्नका लागि एकिकृत रुपमा समुदायमा सचेतना र कारवाही सँगसँगै लैजानु पर्ने बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३