प्रकाशित : २५ पुष २०७४, मंगलवार १८:३४

 विराटनगर, २५ पुस । सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता मोहनबहादुर वस्नेतले सरकारले प्रदेश प्रमुख चाँडो तोक्ने बताउनु भएको छ । एक/दुई दिन भित्रमा प्रदेश प्रमुख तोकिने बताउनुभयो ।

प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री वस्नेतले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री शेरवहादुर देउवाले सर्वदलिय सहमतिमा प्रदेश प्रमुख तोक्ने बताएपनि बाम गठबन्धनले स्पष्ट जवाफ नदिँदा ढिलो भएको बताउनुभयो ।

सरकार सहमतिमा प्रदेश प्रमुख तोक्ने पक्षमा रहेको मन्त्री बस्नेतको भनाई छ । प्रदेश प्रमुख तोक्न ढिला गर्दा विवाद देखिदै गएको उहाँले बताउनुभयो । मन्त्री वस्नेतले भन्नुभयो,‘ प्रदेश प्रमुख तोक्न ढिला गर्दा अरुले खेल्ने मौका पाए ।’ प्रदेश प्रमुखमा हाम्रा भन्दा पनि राम्रो तोकिने भन्दै आश्वस्त रहन उहाँले आग्रह गर्नु भयो ।

नेपाली काँग्रेसका नेता समेत रहनु भएका मन्त्री वस्नेतले कुटनीतिक रुपमा नेपाली काँग्रेसले काम गर्न नसक्दा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोग्नु परेको बताउनुभयो ।

उहाँले पार्टी भित्रका साना तिना कुराहरुको व्यवस्थापनमा पनि कमजोरी भएको स्वीकार गर्नु भयो । नेपाली काँग्रेसमा छाडा प्रवृत्ति हावी भएर गएको भन्दै उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ गल्ती गर्नेलाई माफ धेरै दिँदा छाडा भैहाल्छन ।’ नेपाली काँग्रेस सुध्रने मौका आएको मन्त्री बस्नेतको भनाई छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३