प्रकाशित : २२ पुष २०७४, शनिबार १८:४४


विराटनगर, २२ पुस । buy Forzest, clomid without prescription. एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सिरहा र सप्तरीमा गरी ९ जनाको मृत्यु भएको छ । सप्तरीमा ६ र सिरहामा तीन जनाको मृत्यु भएको हो ।
चिसोका कारण सिरहामा तीन जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–२ का ७० वर्षीय रामप्रसाद महतो र वडा नम्बर ४ का ६ वर्षीय लवकुमार साहको आज मृत्यु भएको हो । त्यसैगरी धनगढीमाई नगरपालिका–७ का ५५ वर्षीय रामरतन महतोको पनि चिसोका कारण गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीमा चिसोका कारण ६ जनाको मृत्यु भएको छ । महदेवा गाउँपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको हिजो चिसोले मृत्यु भएपछि सप्तरीमा मृतकको संख्या ६ पुगेको हो । नहरको किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङग्रीएर अचानक ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।
यसअघि बिहीबार राति राजविराज नगरपालिका–१० झल्हीका ६५ वर्र्षीय कैलीदेबी खंग र वडा नम्बर–२ का ६० वर्षीय नाजो बेगमको चिसोका कारण मृत्यु भएको वडा नं. २ का अध्यक्ष अरुण यादबले जानकारी दिए । यसअघि छिन्नमस्ता गाउँपालिका–१ वरहीका ३५ वर्षीय रामदयाल राम, बिरपुरका ३६ वर्षीय कुलदिप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोकै कारण मृत्यु भएको थियो । अत्याधिक चिसोका कारण बिरामीको संख्यासमेत बढ्दै गएको छ । अस्पतालहरुमा चिसोबाट प्रभावित भएकाहरुको भीड लागेको छ । शितलहरका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या भएको छ ।
विद्यालय आउने विद्यार्थीको संख्या घट्दै गएपछि जिल्ला शिक्षा कार्यालयले सप्तरीका सवै ४१२ वटा सामुदायिक विद्यालय बन्द गराएको छ । चिसो बढ्दै गएकाले निजी विद्यालयहरु पनि अब बन्द गर्ने तयारी भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिनुभयो ।biaxin