प्रकाशित : २२ पुष २०७४, शनिबार १८:४१

विराटनगर २२ पुस । Caverta without prescription, cheap dapoxetine. विराटनगर–४ स्थित जामुनागाछीमा मुडुलाकार्की कुलायन समाजको नवनिर्मित भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।

मुडुलाकार्की कुलायन समाजको नवनिर्मित भवनको न्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्नुभयो । १ कठ्ठा १ धुरमा निर्माण गरिएको समाजको १ तले भवन विराटनगर–१३ निवासी व्यवसायी तथा समाजसेवी इन्द्रबहादुर कार्की र गीता कार्कीको ७९ लाख ९९ हजार १ सय २५ रुपैयाँको लागतमा निर्माण गरी समाजका केन्द्रीय अध्यक्ष गोविन्दमानसिंह कार्कीलाई हस्तान्तरण गर्नुभयो । समाजले निर्माण दाता कार्की दम्पतीलाई अभिनन्दनसमेत गरेको थियो ।

यस्तै भवन निर्माण समितिका संयोजक रेवतबहादुर कार्कीले चाँडै नै दोस्रो तलाको निर्माण अगाडि बढाउने जानकारी दिनुभयो । भवन निर्माण भएपछि विराटनगर २, ३, ४, ५ र ६ नम्बर वडाका बासिन्दाले सामान्य भाडा तिरेर विवाह, व्रतबन्ध विभिन्न सार्वजनिक समारोह, धार्मिक तथा सांस्कृतिकलगायतका कार्यक्रममा प्रयोग गर्न सक्ने कार्कीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै २०६३ सालमा ५० घर परिवारको भेलाबाट सुरु गरिएको अभियान अहिले ४ सय ५० घरधुरी संगठित भएको र मुडुला कार्कीको धर्म, संस्कृतिको जगेर्नाका लागि सामूहिक गोठधुप, नवदुर्गा पूजामा जमरा राख्नेलगायतका कार्य गर्दै आएको समाजका केन्द्रीय अध्यक्ष गोविन्दमानसिंह कार्कीले बताउनुभयो । समारोहमा समाजले ८० बर्ष नाघेका १४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।malegra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३