प्रकाशित : २१ पुष २०७४, शुक्रबार ०७:२७

विराटनगर, २१ पुस । राष्ट्रिय सभा निर्वाचनका कारण निर्वाचित सभासदहरुको सपथ ग्रहण र सरकार निर्माणको प्रक्रिया लम्बिएपछि सांसदहरु कार्यकर्ता र आफन्त भेटघाटमा व्यस्त हुन थालेका छन् ।

अघिल्ला निर्वाचनहरु जस्तै सरकार चाँडै बन्ने र संसद सुरु हुने आशामा निर्वाचित भए लगत्तै काठमाडौ पुगेका सांसदहरु पनि सरकार निर्माणको प्रक्रिय लम्बिने भएपछि जिल्ला फर्किएका छन् । यसरी जिल्ला फर्किएका सांसद हरुले अहिले पुनः कार्यक्रम बनाएर निर्वाचन क्षेत्रमै सिन्दुरे जात्रामा व्यस्त हुन थालेका छन् ।

काठमाण्डौ जाने तयारीमा रहेका मोरङ क्षेत्र नं १ का सांसद घनश्याम खतिवडाले तत्काल सपथग्रहण नहुने भएपछि निर्वाचन क्षेत्रमै नया कार्यक्रम बनाएर भेटघाट सुरु गरेका छन् । उहाँले भन्नुभयोे –‘अहिले तत्काल काठमाडौ जान नपर्ने भएपछि निर्वाचन क्षेत्रमै सिन्दुरे जात्रामा व्यस्त भइएको छ ।’ सुरुमा खतिवडाले केही दुरगम क्षेत्रको भेटघाट कार्यक्रम पछि गर्ने भनेर कटौति गर्नु भएको थियो । तर अहिले राजधानीमा संसादहरुको विजनेश नहुने भएपछि उहाँले तत्काल काठमाडौको यात्रा स्थगित गरेको बताउनुभयो ।

निर्वाचन पछि हतार हतार काठमाडौ पुगेका मोरङ क्षेत्र नं २ का सांसद डा मिनेन्द्र रिजाल पनि आज जिल्ला फर्किदै हनुहुन्छ । डा रिजालले आज नै सुनबर्षी नगरपालिकामा भेटघाट कार्यक्रम तय गरेको उहाँका सहयोगी हरि भट्टराईले बताउनुभयो । 

क्षेत्र नं ३ का सभासद भानुभक्त ढकाल मंगलबार नै राजधानीबाट बिराटनगर फर्किनु भएको छ । उहाँ अहिले निर्वाचन क्षेत्रमै भेटघाट कार्यक्रममा व्यस्त रहनु भएको छ ।

त्यस्तै क्षेत्र नं ४ बाट निर्वाचित सांसद अमनलाल मोदी पनि फुर्सदको समयलाई भेटघाटमा सदुपयोग गर्न व्यस्त रहेको बताइएको छ । उहाँ बिहीबार मात्र सिराह र सप्तरीमा रहेका आफन्तहरुको भेटघाट गरेर फर्किनु भएको छ । उहाँले अहिले जनताको घर दैलो तथा चौक चौकमा पुगेर जनगुनासो र सुझाव लिने काम भईरहेको बताउनुभयो ।

त्यस्तै क्षेत्र नं ५ का सभासद शिवकुमार मण्डलको पनि फुर्सदको समय कार्यकर्ता भेटघाटमै विति रहेको छ । उहाँ बुधबार भारतको अररीयामा मरिमराउ भएको परिवारलाई भेटेर बिहीबार बिराटनगर फर्किनु भएको छ । निर्वाचन भएको केही दिन पछि नै क्षेत्रको भेटघाट कार्यक्रम छोटयाएर राजधानी पुग्नु भएका मण्डल तत्काल सरकार गठन नहुने भएपछि जिल्ला फर्किनु भएको हो । उहाँ पनि अहिले तत्काल राजधानी गई हाल्ने मुडमा हुनुहुन्न । तर क्षेत्र नं ६ का सांसद लालबाबु पण्डित भने राजधानीमै व्यस्त हुनुहुन्छ । उहाँको अझै केही दिन विराटनगर फर्किने कार्यक्रम नरहेका उहाँका सहयोगि वसिम आलमले बताउनुभयो । buy Tadalis SX online cheap, generic dapoxetine.

त्यस्तै समानुपतिका तर्फबाट प्रदेश सभामा निर्वाचित भए लगत्तै प्रमाण पत्र लिन राजधानी पुगेका प्रदेश सभासदहरु पनि रित्तो हात जिल्ला फर्किन थालेका छन् । समानुपातिकबाट प्रदेश सभामा निर्वाचित सभासदहरुको प्रमाण पत्र प्रदेश प्रमुखले नै उपलब्ध गराउने कुरा निर्वाचन आयोगले बताएपछि उनीहरु रित्तो हात जिल्ला फर्किएका हुन् ।

उता प्रदेशबाट समानुपातिकमा निर्वाचित र प्रतिनिधि सभामा निर्वाचित सभासदहरुको भिड राजधानीमा बढ्न थालेपछि पार्टी नेतृत्वले पनि सभासदहरुलाई जिल्ला फर्किन उर्दी जारी गरिसकेको छ ।

यसरी निर्वाचन सकिएर परिणाम घोषणा भइ सांसद बनिसक्दा पनि सपथ ग्रहणको कार्यमा ढिलाई हुँदा सांसद हरु अलमलमा परेका छन् । अहिले उनीहरुको समय निर्वाचन क्षेत्रमा पार्टी कार्यकर्ता, विभिन्न सामाजिक संघ सस्था र सहकारीहरुले आयोजना गर्ने कार्यक्रम र बनभोजमा वितिरहेको छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३