प्रकाशित : १९ पुष २०७४, बुधबार १८:५४

विराटनगर, १९ पुस । Tadalis SX Soft no rx, acquire dapoxetine. विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनस्तरबाट गुनासो नआउने गरी काम गर्न महानगरपालिकाका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।

आज मेयर पराजुलीले कर्मचारी बैठक बोलाएरै सो निर्देशन दिनु भएको हो । कतिपय कर्मचारीहरु कार्यालय समयमा पनि गोष्ठि र कार्यक्रम भन्दै कार्यालय बाहिरको काममा जान थालेपछि मेयरले यस्तो निर्देशन गर्नुपरेको बैठकमा सहभागि एक कर्मचारीले बताए । ‘जनप्रतिनिधि आएपछि सेवाग्राहीले सोही अनुसार सेवाको अपेक्षा गरेको हुन्छ तर कर्मचारीहरुबाट कतिपय फाँटमा त्यस्तो सेवा नपाएको महसुस भएपछि निर्देशन गर्नुपरेको हो’– ती कर्मचारीले भने ।

बैठकमा कर्मचारीहरुले पनि महानगरपालिका भित्र रहेका समस्याहरुको बारेमा खुलेर नै आफ्नो कुरा राखेका थिए । विशेष गरेर स्थानीय तहको निर्वाचन पछि सरकारको विभिन्न कार्यालयबाट महानगरमा विभाग हेर्ने गरी खटिएका कर्मचारीहरुले आवश्यक नियम कानूनको अभावमा विभागहरुले काम गर्न नपाएको गुनासो गरेका थिए ।

जनस्वास्थ्य विभागबाट आएका कर्मचारीहरुले आवश्यक ऐन कानून र स्रोतसाधानको अभावमा नगर क्षेत्रमा औषधी वितरण लगायत अन्य स्वास्थ्य सुधारका कार्यहरु गर्न नपाएको गुनासो राखेका थिए । त्यस्तै कृषि र शिक्षाका कर्मचारीहरुले पनि कार्यालयले आफुलाई महानगरमा खटाएपनि स्थानीय निकाय सञ्चालन सम्बन्धि ऐन र आवश्यक तथ्याङ्कको अभावमा महानगर भित्र प्रभावकारी काम गर्न नसकेको गुनासो राखेका थिए ।

त्यस्तै मेयरसँग भेटघाटका लागि आउने व्यक्तिहरुको भिड बढ्न थालेपछि भेटघाटको कार्यलाई २ बजेपछि मात्र गर्ने कार्यतालिका तय भएको छ । कर्मचारी स्तरबाटै हुने काममा पनि प्रमुखसम्म पुग्न थालेपछि भिड बढेको महसुस गरी सकेसम्म सेवाग्राहीका अधिकांस काम कर्मचारी स्तरबाटै गर्न पनि प्रमुखले निर्देशन दिनु भएको थियो । भेटघाटको भिडले कार्यालय र बिकास निर्माणको काममा ध्यान दिन नपाएकाले भेटघाटकाम लागि कार्यका तालिका बनाउनुपरेका मेयर पराजुलीले बताउनुभयो । तर अति आवश्यक कामका लागि आउने व्यक्तिहरुका लागि भने कार्यातालिका बाहेकको समयमा पनि भेटघाट गर्न सकिने उहाँले बताउनुभयो ।

उता महानगरपालिकालाई सूचना प्रविधि मैत्री बनाउने उद्देश्यले सुरु गरिएको अनलाई सेवा दक्ष जनशक्तिको अभावमा प्रभावकारी हुन सकेको छैन । केही समय यता महानगरपालिकाले जन्म, मृत्यू, विबाह दर्ता जस्ता व्यक्तिगत घटना दर्ता लगायतका कार्यहरु अनलाईन मार्फत सुरु गरेको छ ।

तर कर्मचारीहरुमा कम्यूटरको सामन्य ज्ञानको समेत अभाव हुँदा सेवा प्रभावकारी हुन नसकेको स्वयं कर्मचारीहरु नै स्वीकारछन् । यस बिषयमा कर्मचारीहरुलाई तालिम दिएपनि कर्मचारीहरुले त्यसको उचित सदुपयोग गर्न नसक्ता समस्या आएको महानगर प्रशासन विभागका प्रमुख राजेन्द्र श्रेष्ठ बताउनुुहुन्छ ।

कतिपय कर्मचारीहरुलाई समस्या कम्यूटरमा आएको हो कि नेटमा आएको भन्ने जस्ता कुराको समेत ज्ञान नभएको पनि उहाँले बताउनुभयो । महानगरपालिका कर्मचारीहरुको यस्तो अज्ञानताले इन्टरनेट सेवा प्रदायक निकायका कर्मचारीहरु समेत हैरानी भएको एक कर्मचारीले बताए ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३