प्रकाशित : १७ पुष २०७४, सोमबार १८:५८


Eriacta buy online, purchase dapoxetine. विराटनगर, १७ पुस । मासु प्रशोधन केन्द्रका नाममा नेपालबाट भारततर्फ चौपायको हड्डी तस्करी हुने गरेको पाइएको छ । गाई, गोरु, भैंसी, राँगा, बंगुर लगायतका जनावरको हड्डी तस्करी गर्ने गरेको पत्ता लागेको हो ।
सुनसरीको दुहवीमा संचालित सांग्रिला इन्टरनेशनल फुड प्राली लिमिटेड नामक मासु प्रशोधन केन्द्रले चौपायको हड्डी भारत कटाउँदै गरेको अवस्थामा को २ त ७९२ नम्बरको ट्रयाक्टर र हड्डी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर १८ स्थित मटेरुवा नाकाबाट चार सय मेट्रिक्टन हड्डी लोड गरिएको ट्रयाक्टर नियन्त्रणमा लिएको हो । ट्रयाक्टर र हड्डी सहित झापाको भद्रपुर ९ का ३२ वर्षीय देवु किस्कु पनि पक्राउ परेका छन् ।
भारततर्फ लैजाँदै गरेको अवस्थामा नाकाबाट तस्करीको ठूलो परिणामको हड्डी बरामद गरिएको प्रहरी निरीक्षक सन्तोश निरौलाले बताउनु भयो । उहाँका अनुसार बोरामा प्याक गरिएको अवस्थाको ९० बोरा हड्डी बरामद भएको छ । उहाँका अनुसार मासु प्रशोधन केन्द्रले लामो समयदेखि हड्डी भारत टपाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी पनि दिनु भयो ।
प्रहरीले पक्राउ परेका किस्कु, ट्रयाक्टर र हड्डीलाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय विराटनगरमा बुझाएको छ । कार्यालयका प्रमुख डा. फेकन साहले पाँच हजार रुपैयाँ जरिवाना गरेर ट्रयाक्टर र हड्डी छाडिएको जानकारी दिनु भयो । साहले पशु क्वारेन्टाइनमा चेकजाँच गरेर कार्यालयले प्रमाणित गरेपछि आवश्यक भन्सार महशुल बुझाएर हड्डी भारत लैजान पाउने नियम रहेको बताउनु भयो ।valtrex