प्रकाशित : १७ पुष २०७४, सोमबार १८:५२

Cialis Professional buy online, generic zithromax. विराटनगर, १७ पुस । जाडो मौसममा घर र उपयुक्त वासस्थानको अभावमा एक महिनाकी छोरी गुमाएकी मोरङको सुन्दरहरैंचा ५ की १८ वर्षीय मनिषा ऋषिदेवका लागि घर निर्माण गरिने भएको छ ।

पुसको कठ्याङ्ग्रिदो चिसोका कारण एक महिनाकी छोरी रोशनी ऋषिदेव गुमाउनु परेको पीडा भोगिरहेकी उनका लागि घर निर्माणको प्रक्रिया आइतबारबाट सुरु भएको हो । सुन्दरहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य भक्त राईले व्यक्तिगत रुपमा मनिषालाई घर बनाइदिन लागेका हुन् । घर बनाउनेदेखि लएर मनिषाका परिवारका लागि खानपानको व्यवस्था समेत राईले गरिदिने भएका छन् । ‘गाउँमा धेरै समस्या भइरहेका हुन्छन् । यस्ता कुरा सबैलाई जानकारी पनि हुँदैन,’ राईले भने, ‘वास्तवमै स्थिती दर्दनाक रहेछ ।’

चिसोको समयमा उपयुक्त वासस्थानको अभाव हुँदा र आर्थिक अवस्था कमजोर भएकै कारण न्यानो लुगा नपाएर परिवारका सदस्य नै गुमाउनु परेको पीडाले आफूलाई पनि छोएको राईले बताए । उनले चिसोबाट बच्न सक्ने र पछि सम्मलाई हुने गरीको घर निर्माण गरिदिंदा लाग्ने सबै खर्च आफूले बेहोर्ने घोषणा गरेसंगै त्यहाँ घर निर्माण प्रक्रिया सुरु गरिएको हो ।

‘घर निर्माण गरिदिंदा कति खर्च लाग्छ भन्ने कुरा भन्दा पनि चिसोबाट कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुन हुँदैन भन्ने हो,’ राईले भने, ‘आर्थिक अवस्था कमजोर भएका कारण वासस्थान र न्यानो लुगा अभावले मृत्यु हुनु दुर्भाग्य हो ।’ उनले तत्काल घर निर्माण सम्पन्न गरिसकेपछि आर्थिक अवस्था कमजोर भएका कारण चिसोमा कठ्याङ्ग्रिएर बसिरहेको मुसहर समुदायलाई आफ्नै व्यक्तिगत पहल र लगानीमा न्यानो लुगा र खाद्यान्नको व्यवस्था गरिदिने पनि बताए ।

मनिषाका पति रवि दिनभर ट्रयाक्टरमा मजदुरी गर्छन । ‘मजदुरी गरेर ल्याएको पैसाले विहान बेलुका खान पनि पुग्दैन,’ रविले भने, ‘घर बनाउने र जाडोमा न्यानो लुगा लगाउने त कल्पना पनि गर्न सकिंदैन ।’ उनले पारिवारिक आर्थिक अवस्था नाजुक भएकै कारण राम्रोसंग लाउन र खान पनि नपाएको बताए । मनिषा र रविको परिवार त्रिपालको छानो भएको र वरिपरि कपडाले वारेर बनाएको टहरोमा पुसको चिसो कटाउन विवश छन् । मनिषाले भनिन, ‘घरको हालत पनि यस्तो छ ।

यस्तैमा छोरी जन्मिए पनि बचाउन सकिएन ।’ उनले लगाउने र ओढाउने एवं ओछ्याउने न्यानो कपडाकै अभावमा एक महिना भइसकेकी छोरी गुमाउनु परेको गुनासो पनि गरिन् । मनिषाले अव घर बनेपछि भने केही राहत हुने बताइन ।
नगरपालिकाका कार्यपालिका सदस्य राईले भने, ‘यस्तो दर्दनाक अवस्था देख्दा जो कोहीको मन पग्लिनु स्वभाविक हो । घाम लाग्दा सित्तल वस्नका लागि मात्रै बनाइएको टहरो जस्तो त घर छ । मनिषाका परिवारलाई केही राहत दिन नै घर बनाउन सुरु गरिएको छ ।’ राईले आइतबार नै चिसोका कारण पीडित बनेका त्यहाँका तीन परिवार मुसहरलाई खाद्यान्नको व्यवस्था पनि गरिदिएका छन् ।

उनले एक महिने शिशु गुमाएकी मनिषालाई तत्कालका लागि पोषिलो खाने कुराको व्यवस्था गर्न तीन हजार रुपैयाँ नगद सहयोग पनि गरेका छन् । राईले उनको परिवारलाई चामल लगायत खाद्यान्नको व्यवस्था पनि गरिएको बताए । मनिषाले छोरी जन्मिए यता पेटभरी खान र पोषिलो खानेकुरा पनि पाउन नसकेको उनले बताए ।
सहयोग उपलब्ध गराउने र घर बनाउनका लागि प्रक्रिया सुरु गर्ने कार्यक्रममा सुन्दरदुलारी गाविसका पूर्व अध्यक्ष कृष्ण दाहाल, सुन्दरहरैंचा ६ का वडा अध्यक्ष जीवन राई, वडा सदस्य कृष्णप्रसाद चापागाई लगायतको उपस्थिती थियो । त्यहाँ ५२ परिवार मुसहरहरुको बसोबास छ । यस वर्ष चिसोका कारण एक महिने शिशु सहित दुई जनाको मृत्यु भइसकेको छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण मुसहर समुदाय चिसोको चपेटामा परेको छ । न्यानो कपडा नहुँदा परिवारका सदस्य गुमाउनु परेको पीडाले उनीहरुलाई पिरोलिरहेको राईले बताए ।
कपडा र टाटीले बारबेर गरेर बनाइएका घरमा जाडोमा लगाउने कपडाको व्यवस्था समेत छैन । आर्थिक अवस्था एकदमनै कमजोर भएका कारण विहान बेलुका छाक टार्न समेत यो समुदायलाई धौधौ परिरहेको जानकारी राईले दिए ।

स्थानीय रुदाई ऋषिदेव अर्काको ज्याला मजदुरी गरेर दिन काटे पनि चिसो मौसममा रात काट्न समस्या हुने गरेको बताउँछन् । ‘न्यानो कपडा नहुँदा आछुआछु गरेर रात काट्नु पर्छ,’ उनले भने, ‘कसैले न्यानो कपडा दिए रात सजिलै काट्न सकिने थियो ।’ रुदाईले मजदुरी गरेर ल्याएको पैसाले घरमा खानेकुरा नै किन्न नसक्ने अवस्था रहेका बेला मौसम अनुसार कपडा किन्न सक्ने हैसियत नभएको बताए । उनका अनुसार चिसोले अहिले वस्तीका बालबालिका र बृद्धबृद्धा बिरामी पर्न थालेका छन् ।

उनीहरुको अनुहार र शरीरका अंगहरु सुनिन थालेका छन् । रुदाईले बिरामी परे नजिकै अस्पताल नहुँदा र उपचारका लागि सुविधासम्पन्न अस्पताल सम्म पुर्याउन पैसा अभाव हुँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको बताए ।

‘चिसो मौसम सुरु भएपछि हाम्रा दुःखका दिन सुरु हुन्छन् । धेरैसंग सहयोग मागिसके पनि कसैले वास्ता गर्दैनन्,’ उनले भने, ‘पुस पहिलो साता वित्दा चिसोले दुई जनाको मृत्यु भइसकेको छ । यसपालीको जाडोमा कतिले ज्यान गुमाउनु पर्ने हो भन्ने टुँगो छैन ।’cialis jelly

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३