Breaking News

कहिले बन्ला त बक्राहाको बाँध ?

प्रकाशित मिति : १६ पुष २०७४, आईतवार १९:०१

विराटनगर, १६ पुस । buy Caverta, buy zithromax. हसन्दह जयनगरका मितिलाल राजबंशीलाई यस पटक पनि बक्राहा नदीको बाँध नबाधिएला कि भन्ने ठूलो चिन्ता छ । राजबंशीको घर देखि केही किलोमिटर पूर्वतर्फबाट बग्ने बक्राहा नदीमा अघिल्ला बर्ष आएको बाढीले बाध भत्ककाउँदा उनको गरिखाने एक डेड बिघा खेत पनि अहिले बालुवामा परिणत हुन पुग्यो ।

राजबंशी मात्र होईन मधुमल्ला देखि भारतको सीमा क्षेत्र सम्म बक्राहा आसपासको क्षेत्रमा बसोबास गर्ने जो कोहीलाई अहिले बक्राहाको बाँधको चिन्ताले सताएको छ ।
त्यसो त गत बर्ष साउनको अन्तिम साता आएको बाढीले मधुमल्ला देखि भारतको सीमा सम्मको ५० किलो मिटर लम्बाईको बक्रा बाध विभिन्न स्थानमा गरेर तीन हजार नौ सय मिटर क्षेत्र भत्काएको थियो ।

उक्त भत्किएको क्षेत्र निर्माणका लागि मात्र ७६ करोड भन्दा २३ लाख रुपैयाँ लाग्ने कुरा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । कार्यालयले सोही अनुसार लागत स्टिमेट गरेर विभागसँग बजेटको माग समेत गरिसकेको कार्यालय प्रमुख देवनारायण साह बताउनुहुन्छ । तर माग भए अनुसार बजेटको निकासा नहुँदा बाँधको निर्माण कार्यमा ढिला भएको प्रमुख साहको भनाई छ ।

चुरे क्षेत्रबा निस्किएर पूर्वी मोरङ्गको मधुमल्ला, उर्लाबारीको मध्यभाग हुँदै रतुवामाई र सुनबर्षी नगरपालिकाको सीमा क्षेत्र भएर भारतीय भूमिसम्म पुग्ने यो नदी मोरङ्गको सबै भन्दा बढी बिनाशकारी खोलाको रुपमा परिचित छ । यस नदीमा आउने बाढीले उर्लाबारी, सुनबर्षी, रतुवामाई र पथरी शनिश्चरे नगरपालिका र मिक्लाजुङ्ग गाउँपालिकामा बर्षेनी ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ । बाढीकै कारण बर्षेनी बक्रा आसपासका खेती योग्य जमिन बालुवामा परिणत हुँदै गईरहेका छन् । जसका कारण खेतीमा आश्रित जनसंख्याको ठूलो भाग समेत प्रभावित बन्दै गईरहेको छ । बाढीले बोल्डर र बालुवा बढी बगाएर ल्याउने कारणले नदीको सतह जमिनको सतह भन्दा माथि उठ्ने क्रम बर्षेनी बढेर गएको छ । जसका कारण बर्षामा सानो बाढी आउँदा पनि पानी ओभर फ्लो भएर जाँदा जनधनको बढी क्षति हुने गरेको बताइन्छ ।
नदीको माथिल्लो भागमा मानव गतिविधिहरु बढी हुन थालेपछि नदीको जलधार क्षेत्रको संरक्षण हुन नसक्दा पानीको बेग बढी भई नदीलेले बोल्डर र बालुवाको मात्र पनि बढी ल्याउन गरेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका प्रमुख साह बताउनुहुन्छ ।
बढ्दो मानव गतिविधिका कारण रुख विरुवाहरुको विनाश भई जलाधार क्षेत्रमा बर्षायाममा परेको पानी सोस्ने कुनै बस्तु नभएपछि पानीको मात्रा एकै चोटी बढी तल झर्दा पानीको बेग बढी हुनुको साथै नदीमा बाढी समेत ठूलो आउने गर्दछ ।

जसले जलधार क्षेत्रमा पैरो जस्ता भू–क्षयको समस्या निम्तयाउने तथा बाढीसँगै खोलामा बलुवा र बोल्डर बढी आउने गरेको विज्ञहरु बताउँछन । त्यसैले बर्षायाममा आउने बाढी नियन्त्रणका लागि जलधार क्षेत्रको संरक्षण आवश्यक हुने कुरा जल उन्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका प्रमुख डा देवनारयण साह बताउनुहुन्छ । त्यसका लागि जलधार क्षेत्रमा चेकड्या र बाँसको टाटीको प्रयोग गर्न सकिने उहाँको सुझाव छ ।

मधुमल्ला होस वा राजघाट, इटहरा होस वा सुनबर्षी मोरङ्गको मधुमल्ला देखि दक्षिण भारतको सीमासम्म बसोबास गर्ने अधिकाँस बासिन्दाहरुको चासो र चिन्ताको बिषय हो “बक्राहा ” को बाँध ।

२०५५ साल तिर चाईना कम्पनी ओपेकको सहयोगमा नदीको दुबै तर्फ बालुवा पुरेर निर्माण गरिएको बाँध बर्षायाममा आउने बाढीले भत्काएर बाढी बस्ति र खेतिमा पस्न थालेपछि स्थानीय बासी बढी चिन्तित बन्न थालेका हुन ।

त्यसो त यस पटकको दुई वटै निर्वाचन ताका उम्मेद्वार बनेका सबै जसो उम्मेद्वारको प्रथामिकतामै परेको छ “बक्राहाको बाँध” । तर नेताको प्रथामिकतामा मात्र परेर बक्राहाको बाँध निर्माण हुने कुरामा जनता विश्वस्त छैनन्, जब सम्म यसलाई सरकारले प्रथामिकतामा राखेर बजेट विनियोजन गर्दैन ।levitra

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३