प्रकाशित : १४ पुष २०७४, शुक्रबार १९:१०

विराटनगर, १४ पुस । Kamagra without prescription, buy dapoxetine online. विराटनगर लगायत मोरङका विभिन्न स्थानमा मुख्य सडक र राजमार्ग नै ढाकेर साप्ताहिक हटिया लाग्ने गरेका छन् । हटियामा तरकारी, खाद्यान्न, विभिन्न दैनिक उपभोग्य वस्तु, साग शब्जी, मरमसला, जुत्ता, चप्पल, भाँडाकुँडा, कपडा, पशुपंक्षी लगायत किनबेच गर्नेको ठूलो भीड हुन्छ ।

व्यवस्थित रुपमा साप्ताहिक हटिया लाग्ने ठाउँको अभाव हुँदा सवारी साधनको चाप अत्यधिक हुने सडक र राजमार्गमा सवारी आवागमन नै प्रभावित बन्ने गरी लाग्ने हटियाले समस्या निम्त्याउने गरेको छ । हटिया लागेको दिन एम्बुलेन्स, दमकल लगायतका अति आवश्यकिय सवारी साधनले पनि बाटो पाउँदैनन् । हटियाको भीडभाडमा गुड्ने सवारी साधनका कारण हटियामा आउनेको ज्यान पनि जोखिममा परिरहेको प्रहरीले जनाएको छ ।

विराटनगरको चाँदनीचौक, शनिहाट, जामुनगाछी, कोचाखाला, बुधहाट चौक, कन्चनबारी, सोमबारे, हाटखोला, शान्ति चौक लगायत दर्जनौ स्थानमा सडक नै ढाकेर हटिया लाग्ने गरेको छ । त्यस्तै मोरङका उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, खोसार्ने, विराटचौक, गछिया, गोठगाँउ, सकलकपुर, दुलारी, बलिया समेतका स्थानमा पूर्वपश्चिम राजमार्गनै ढाकेर हटिया लाग्ने गरेको छ ।

साप्ताहिक हटियाका कारण सवारी आवागमन प्रभावित बन्ने गरेको छ । यो समस्या वर्षौदेखिको भए पनि समाधान गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सडकमा लाग्ने हटिया तत्काकाललाई व्यवस्थित गर्न र सडकको किनारामा लाग्न नदिने व्यवस्था गर्नका लागि नगर प्रहरी परिचालन गरिएको बताउनु भयो ।

‘सभाको जस्तै झल्को दिने हटिया व्यवस्थित गर्न महानगरले आवश्यक ठानेको छ,’ उहाँले भन्नु भयो, ‘ठाउँ ठाउँमा सडक ढाकेर लाग्ने हटियाका कारण धेरै समस्या आइरहेका छन् ।’ पराजुलीले तत्कालको समस्या समाधान गर्ने हिसावमा विराटनगरको सीमानामा पर्ने कटहरी गाउँपालिकामा क्षेत्रीय थोक तरकारी व्यवस्थापन केन्द्र निर्माणको काम भइरहेको जानकारी पनि दिनु भयो ।

ठाउँठाउँमा गुद्री व्यवस्थापनको काम पनि भइरहेको छ । ‘सडक ढाकेर लगाइने हटियालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर महानगरले कार्ययोजना बनाउने काम गरिरहेको छ,’ उहाँले भन्नु भयो, ‘तत्कालको समस्या समाधानका लागि केही स्थानमा सडकमा हटिया लगाउन बन्द पनि गरिएको छ ।’ पराजुलीले कार्ययोजना बनाएर कार्यान्वायनमा लगिसकेपछि भने सडकमा हटिया लगाउने चलनको अन्त्य हुने बताउनु भयो ।cialis

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३