प्रकाशित : १४ पुष २०७४, शुक्रबार १८:४८

Kamagra online, buy clomid. विराटनगर, १४ पुस । विराटनगर महानगरपालिका – १३ स्थायी बासिन्दा वसन्तीदेवी यादव नेकपा एमालेको समानुपातिक कोटाबाट प्रदेश नं १ को प्रदेश सभासदमा निर्वाचित भएकी छन ।

पार्टीको राजनीतिक वृतमा खासै चर्चामा नआएकी यादव यस अघि गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सोही वडाबाट वाड सदस्यको उम्मेद्वार बनेकी थिईन तर एमालेको जन आधार नभएकले उनले वडा सदस्यमा पराजित हुनु पर्यो । अहिले उनका लागि त्यही पराजय फलिफाब बन्न पुग्यो, पराजय भएको ६ महिना पनि बित्न नपाउँदै प्रदेश सभासदको प्रमाणपत्र हात लाग्यो ।

बसन्ती यादब मात्र होईन प्रदेश सभामा निर्वाचित हुने धेरैको अवस्था उस्तै छ । जो हिजो स्थानीय निर्वाचनका बेला नगर पालिका र गाउँ पालिकामा मेयर, उपमेयर र वाड अध्यक्षका दाबेदार थिए ।

प्रदेश नं १ मा एमालेले समानुपातिक तर्फ पाएको मतको आधारमा १५ जना सभासद पाएको छ । प्रत्यक्ष तर्फ अधिकांस पुरुषहरु निर्वाचित भएकाले संबिधान अनुसार ३३ प्रतिशत महिला पुर्याउनु पर्ने भएकाले १५ जनै महिलाको नाम सिफारिस गरिएको छ । यसरी प्रदेश सभामा गएका १५ जना महिला मध्ये पाँच जना मोरङ जिल्लाका स्थायी बासिन्दा हुन । जसमा यशोदा अधिकारी, कृष्णाकुमारी राई, सावित्राकुमारी रेग्मी, बसन्ती देबी यादब, गुलेफुन खातुन रहेका छन् ।

तेह्रथुमबाट राजनीतिक यात्रा सुरु गरेकी यशोदा अधिकारी अहिले विराटनगर १२ मा स्थायी रुपमा बसोबास गर्दै आएकी छन् । उनी अहिले अनेमसंघको केन्द्रीय सदस्य हुन भने यस अघि २०६४ सालमा एमालेको समानुपातिक कोटाबाट संबिधान सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
त्यस्तै पथरी शनिश्चरे १ की स्थायी बासिन्दा कृष्णाकुमारी राई अनेमसंघ मोरङको अध्यक्ष हुन् ।

महिला आन्दोलनमा लामो समय देखि लागेर पनि उनी पहिलो पटक राजकीय जिम्मेवारीमा पुगेकी हुन् । त्यस्तै विराटनगर ३ की स्थायी बासिन्दा सावित्रा रेग्मी किसान महासंघको केन्द्रिय सदस्य हुन ।

एमाले मोरङका पूर्ब अध्यक्ष महेश रेग्मीकी धर्मपत्नि समेत रहेकी सावित्रा बिगतमा पार्टीको अञ्चल सदस्य समेत थिईन् । यस अघि स्थायी निर्वाचनको बेला उनी पनि बिराटनगर महानगर पालिकामा उपमेयर पदको दाबेदार थिईन् ।

यसरी मोरङबाटमा प्रदेशसभामा एमालेका १० जना सभासद बन्न पुगेका छन् । यस अघि प्रत्यक्ष तर्फबाट उपेन्द्र घिमीरे, लिलाबल्लभ अधिकारी, राजकुमार ओझा, ज्ञानेश्वर राजबंशी र जिबन घिमीरे निर्वाचि भइसकेका छन् ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३